माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार भयो, रामेछापका सांसद श्यामकुमार श्रेष्ठ सामान्यप्रसाशन मन्त्री बन्ने पक्का - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार भयो, रामेछापका सांसद श्यामकुमार श्रेष्ठ सामान्यप्रसाशन मन्त्री बन्ने पक्का

माओवादीबाट मन्त्री बन्नेको लिस्ट तयार भयो, रामेछापका सांसद श्यामकुमार श्रेष्ठ सामान्यप्रसाशन मन्त्री बन्ने पक्का

काठमाडौँ, । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको झण्डै डेढ साता बित्नै लागेको छ । देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सम्मिलित छ ।

देउवा सरकारमा माओवादीबाट कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मवारी लिँदै नेतृत्व गरेका छन् भने उनीसँगै जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह सहरी विकास मन्त्रालयको जिम्मेवारीमा सरकारमा सहभागी भइसकेका छन् ।
त्यसैगरी विजयकुमार गच्छदार देउवा सरकारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् ।
देउवाले प्रधानमन्त्री पदको सपथ ग्रहणसँगै पहिलो चरणमा मन्त्रिमण्डल विस्तार गरेपछि आसन्न दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने सत्तारुढ दलको तयारी थियो ।
तर सर्वसाधारण र आ-आफ्नो पार्टी पङ्तिभित्र अब कुन पार्टीबाट कोको मन्त्री बन्लान भन्ने चासो उत्तिकै छ । यिनै चासोको बीचमा प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले भने आसन्न निर्वाचनअघि नै सरकारमा पार्टीको तर्फबाट मन्त्री बन्नेको सूची तयार पारेको छ ।
केही दिनयतादेखि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवासमा लाजिम्पाटमा जारी अनौपचारिक र औपचारिक छलफलले पार्टीको तर्फबाट क-कसलार्इ मन्त्री बनाउने र कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा लगभग टुंगो लगाएको छ ।
हाम्रोकलमलार्इ प्राप्त जानकारी अनुसार मोरङबाट निर्वाचित सांसद शिवकुमार मण्डललार्इ १ नम्बर प्रदेशको प्रतिनिधित्व गराउँदै आपूर्तिमन्त्री बनाउने भएको छ ।
त्यसैगरी रामेछापका सांसद श्यामकुमार श्रेष्ठलार्इ सामान्य प्रशासनमन्त्री बनाउने गरी छलफल अघि बढेको पनि स्रोतले बतायो । त्यसैगरी महेन्द्रबहादुर शाहीलार्इ पनि मन्त्री बनाउने पक्का भएको छ । उनलार्इ कुन मन्त्रालय दिने भन्ने विषयमा भने कुनै सहमति भएको छैन ।
यता नारायणकाजी श्रेष्ठको समुहलार्इ स्वास्थ्य मन्त्रालय दिने तयारी थालेको छ । तर श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । श्रेष्ठले कसलार्इ मन्त्री बनाउनलान् भन्ने विषयमा कुनै सहमति भएको छैन ।
अरु क-कसलार्इ कुन कुन मन्त्रालय दिने गरी मन्त्री बनाउने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap