रामेछाप जिल्लामा ८ ओटा स्थानीय तह बनाउने सहमती - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप जिल्लामा ८ ओटा स्थानीय तह बनाउने सहमती

रामेछाप जिल्लामा ८ ओटा स्थानीय तह बनाउने सहमती

  


 कात्तीक २० गते रामेछाप-रामेछाप जिल्लामा रहेका राजनीतिक दलहरूबीच रामेछाप जिल्लालाई ८ ओटा स्थानीय तह बनाउने सहमती भएको छ । आज जिल्ला बिकास समीतीको बैठक कक्षमा भएको सहमती अनुसार रामेछाप २ वटा नगरपालिका र ६ वटा गाउँपालिका बनाउने सहमती भएको हो ।
   रामेछापको गुम्देल, बाम्ती, कुबुकस्थली, प्रीती, गुप्तेस्वर र भुजि गाविसलाई एकिकरण गरी उमाकुण्ड गाउपालीका बनाउने सहमति भएको छ । उमाकुण्ड गाउपालिकाको केन्द्र लाप्चाने देखी अजम डाडा सम्मको स्थानमा रहने भएको छ ।
    यसैगरी गोकुलगंगा गाँउपालिकामा चुचुरे, ठोसे, रस्नालु, बेताली नामाडी, फर्पू, गाविस समायोजनको प्रस्ताव गरिएको छ । गोकुगंगा गाउपालीकाको केन्द्र भिमसेन स्थान रश्नालुमा रहने भएको छ ।
यस्तै दुरागाउ, सैपु, बिजुलिकोट, नागदह, खिम्ती र तिल्पुङ गाबिसलाई समेटेर लिखु गाउपालीका प्रस्ताव गरिएको छ । लिखु गाउपालीकाको केन्द्र धोबि डाडामा रहनेभएको छ ।
   हालको रामेछाप नगरपालिका, रामपुर, हिमगंगा, साघुटार, देउराली र गोठगाँउ गाविस समेटेर रामेछाप नगरपालीका बनाउने सहमती भएको छ ।रामेछाप नगरपालीकाको केन्द्र रामेछाप डाडा देखी ओख्रेनिका गनेशटार सम्ममा रहने भएको छ ।
   यसैगरी हालको मन्थली नगरपालीका, गेलु, चनखु, पुरानागाउ र फुलासि गाबिसलई समेटेर मन्थली नगरपालिका बनाउने सहमती भएको छ ।मन्थली नगरपालीकाको केन्द्र मन्थलीमा रहने भएको छ ।
    यस्तै डडुवा, दोरम्वा, टोकरपुर , गोश्वरा लखनपुर र गुन्सि गाबिसको ८ र ९ नम्बर वडालाई समेटेर शैलुङ दोरम्बा गाउपालीका बनाउने सहमती भएका छ । सैलुङ दोरम्वा गाउपालीकाको केन्द्र टोकरपुरको थामचौरमा रहने भएको छ ।
   यस्तै गुन्सि गाबिसको १ देखि ७ नम्बर वडा, दिमीपोखरी, हिलेदेबि, बेथान, र खनियापानि गाविसलाई समेटेर सुनापाती गाउपालीका बनाउने सहमती भएको छ । सुनापाती गाउपालीकाको केन्द्र हिलेदेबिमा रहहने भएको छ ।
   यस्तै राकाथुम, खाडादेबि, मझुवा, भिरपानि, माकादुम, पकरबास, गागलभदौरे र पिंखुरी गाबिसलाई समेटेर खाडादेबि गाउपालीका बनाउने सहमती भएको छ । खाडादेबि गाउपालीकाको केन्द्र माकादुममा रहने भएको छ ।
   राजनीतिक दलहरूको सहमतीबाट रामेछाप जिल्लालाई स्थानीय निकाय पुर्नसरचना आयोगले ८ तह बनाउन प्रस्ताव गरे अनुसार ४५ गाविस र २ नगरपालिकालाई ८ वटै स्थानीय तह बनाउने सहमती भएको स्थानिय तह पुर्नसंरचना समीती रामेछापका अध्यक्ष एबं स्थानिय बिकास अधिकारी दिनेशराज पन्तले बताउनुभयो ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap