नेटवर्कीङ व्यवसायले ठगेपछि सम्भवत देशकै ठूलो व्यवसायीक किवि फर्म स्थापना - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेटवर्कीङ व्यवसायले ठगेपछि सम्भवत देशकै ठूलो व्यवसायीक किवि फर्म स्थापना

नेटवर्कीङ व्यवसायले ठगेपछि सम्भवत देशकै ठूलो व्यवसायीक किवि फर्म स्थापना

 रामेछाप ।     सामान्यतया कतैबाट ठगिएपछि मानिसहरु निराश बन्छन् । उनीहरुमा काम गर्ने जाँगर नै हराउँछ । तर रामेछापमा एकजना यस्ता व्यवसायीक किसान छन् जसलाई ठगिएपछि केही गर्ने उत्साह जाग्यो र सम्भवत देशकै सबैभन्दा ठूलो किवि फर्म स्थापना गरे । ती किसान हुन् रामेछापको डडुवा गाविस— ५ का ४७ वर्षिय राङदान तामाङ । 

    “म सुरुमा सावुन, सेम्पो, विभिन्न जडिबुटीहरुको नेटवर्कीङ व्यवसाय गर्ने एउटा नेटवर्कीङ कम्पनिको सदस्य भएँ । सुरुमा यसमा लाग्यो भने जे कुरा पनि बिक्रि गर्न सकिन्छ भने, कुरा राम्रै लाग्यो । दुईचार पैसा आम्दानी होला भनेर पैसा तिरेर त्यसको सदस्य भएँ । एक वर्ष सोही कम्पनिलाई बारी काल्ना, सिमसार र बाटोतिर पाइने घोडताव्रे संकलन गरेर विक्रि पनि गरेँ । पछि त्यो संस्था अवैध रुपमा व्यवसाय गर्ने संस्था रहेछ भन्ने थाहा पाएँ । आफ्ना परिवारका सदस्यहरुलाई पनि सदस्य बनाएको थिएँ । त्यो संस्था त पैसा खाएरपो भाग्यो ”—आफ्नो विगत यसरी सुनाउनु भयो तामाङले । 
    “त्यसले ठगे पनि जडिबुटीको खेती गरेदेखि राम्रो कमाई हुने रहेछ भन्ने मलाई ज्ञान भयो । त्यस पछि जहाँ जेका बिरुवा भेटिन्छन् त्यही ल्याएर लगाउन लागे । २०६७ सालमा दोलखाको खावा पुग्दा लोडसल्लाको विरुवाको नर्सरी देखेँ । त्यहाँबाट ७ सय बोट लोडसल्ला ल्याएर पाखोमा लगाएँ । दोलखाको किर्नेटारमा अलैचिका केही बिरुवा पाएँ त्यो पनि ल्याएर खोलाखालीको सिमसारमा लगाएँ । विरुवा बढ्दै गयो क्षेत्र विस्तार गर्दै गएँ । त्यसै बिच चार वर्ष अघि किवि फलको बारेमा सुनेँ । मलाई पनि त्यसको खेति गर्न मन लाग्यो । नार्कमा गएर बुझ्दा हाम्रो ठाउँको हावापानी किवि खेतिको लागि ठिक हुने रहेछ । ४ वर्ष अघि नुवाकोटबाट किविका विरुवा ल्याएर लगाएँ । यसरी सुरु भयो मेरो व्यवसायीक किवि खेती”— राङदानले थप्नु भयो ।
२०६८ सालमा शैलुङ एग्रिकल्चर प्रोडक्सन प्रालि दर्ता गरेर राङदानले व्यवसायीक रुपमा किवि खेतीका साथै विभिन्न नगदेबाली र जडिबुटीको खेती सुरु गर्नु भएको छ । उहाँको फर्मको अहिलेको पहिचान भने किवि खेतीनै बनेको छ । उहाको बैँगैचामा यस वर्षबाट १ सय २५        बोट किविले उत्पादन दिन सुरु गरेको छ । एउटा बोटबाट ४० किलोसम्म किवि उत्पादन हुने देखिएको उहाँले बताउनु भयो । यसै गरी अर्कोवर्षबाट ३ सय ५० वोट किविले फल दिने उहाँको भनाई छ । यस वर्ष थप एक हजार बोट किवि लगाउने तयारी भई रहेको पनि उहाँले बताउनु भयो । 
      राङदानको फर्ममा किविको फल मात्र हैन विरुवा पनि उत्पादन सुरु भएको छ । गतसाल एकहजार बोट किवि प्रगिगोटा ३ सय ५० का दरले विक्रि गरेका राङदानले यस वर्ष विक्रिको लागि २५ हजार बोट किवि तयार गर्नु भएको छ । किविको बिरुवाको माग अधिक रहेकोले यस वर्ष थप ५० हजार बिरुवा नर्सरीमा रखोको उहाँले बताउनु भयो । विभिन्न ठाउँबाट माग अए पनि माग अनुसारको विरुवा उत्पादन गर्न नसकेको उहाँले बताउनु भयो । 
फलफुलको राजाको उपमा पाएको किवि खेती अहिले किसानहरुको प्रिय खेति बनेको छ । विरुवा लगाएको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने किविको बजार मुल्य राम्रो रहेको छ । नेपाली बजारमा किवि प्रतिकिलो ४ सयदेखि ७ सय रुपैयाँसम्ममा किनबेच हुने गरेको छ । एकहजार २ सय देखि २ हजार ४ सय मिटरसम्मको उचाईमा हुने किवि खेतिको अध्यनको लागि दोलखाको बोचमा अध्ययन केन्द्रनै स्थापना भएको छ । आपूmले किवि फर्मको अध्यन भ्रमण गरे पनि औपचारिक रुपमा कुनै पनि तालिम नलिएको राङदान बताउनु हुन्छ । उहाँको डडुवा र फुलासी गाविका विभिन्न स्थानमा ४ वटा किविका नर्सरी छन् । ती नर्सरीहरुले विरुवाको उत्पादन गरी रहेका छन् । 
    “धेरै मुल्यको आश गर्नु हुँदैन । आफ्नै बँगैचाबाट २ सय ५० रुपैयाँ किलोको दरले किवि बिक्रि भयो भने पनि पर्याप्त नाफा बस्छ । २ सय ५० रुपैयाँ किलो दिन्छु भन्यो भने व्यवसायीहरु बँगैचामानै खोज्दै आउँछन् ”— आफ्नो उत्पादनको विक्रिको योजना यस्तो छ राङदानको । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किविको विरुवा पुस महिनामा रोपिन्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने यस फलले लगायतार ५० वर्षसम्म राम्रो उत्पादन दिने बताइन्छ । चिनबाट पहिलो उत्पादन सुरु भएको किवि अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति गर्न लागिएको छ । विभिन्न खालका भिटामीन पाइने किवि फलमा सुन्तलामा भन्दा बढी भिटामीन सी र केरामा भन्दा पनि बढी भिटामीन इ पाइन्छ । 
    किवि बाहेक लोडसल्ला, चिया, ग्राउन एपल, रोजमेरी, पाउलोनियम, जटामसी, ठूलो ओखतो, बोझो, पाखनवेद, चिराइँतो, पदमचाल, पाँचऔले लगायतका जडिबुटी र नगदेवाली रहेको राङदानको फर्ममा अहिले ९ जना मानिसले दैनिक रोजगारी पाई रहेका छन् । यस बाहेल कामको सिजनमा थप कामदारहरुलाई दैनिक ज्यालादारीमा काम लगाउने गरको उहाँले बताउनु भयो । सो फर्ममा अहिलेसम्म आफ्नो करिव ७० लाख रुपैयाँ लगानि भएको राङदान बताउनु हुन्छ । अब उत्पादन सुरु भएकोले केही वर्षमा नै लगानि उठ्नेमा उहाँ ढुक्क हुनुहुन्छ । 
    गरिव परिवारमा जन्मनु भएका राङदानले बाल्यकालमा काठमाडौको मनोहरा खोलामा बालुवा उठाउनु भयो । त्यस पछि खलासीकाम गर्नु भएका उहाँले सोही बेला ड्राइभिङ गर्न पनि सिक्नु भयो । ड्राइभिङमा दलखल भएकै कारण उहाँले हिमाल पावर लिमिटेडमा ड्राइभिङको काम पाउनु भयो । दुःखको बेलामा सुरु गरेकोले अहिले पनि उहाँले सो जागिर छाड्नु भएको छैन । तर फर्म बढ्दै गएपछि अब पुरै समय त्यतै दिनु पर्ने अवस्था देखिएको उहाँ बताउनु हुन्छ । यी किसानले यति ठूलो फर्म बनाई सक्दा पनि राज्यबाट कुनै सहयोग लिनु भएको छैन । जे गर्नु भएको छ आफ्नै अनुभव र लगानिमा गर्नु भएको छ । जिल्लामा रहेका कृषि तथा पशुसेवा कार्यालयका प्रमुख एवं प्राविधिकहरुले भने बेलाबेलामा पुगेर उहाँलाई हौस्याई रहनु भएको छ । यस्ता किसानलाई राज्यले पनि सहयोग गरे उनीहरुको मनोवल पनि बढ्ने थियो ।रेडियो तिनलालको वेबसाईट
 रामेछापको डडुवा गाविसका ४७ वर्षिय किसान राङदान तामाङ 







Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap