रामेछाप कारागारमा कैदीबीच विवाह - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप कारागारमा कैदीबीच विवाह

रामेछाप कारागारमा कैदीबीच विवाह

     रामेछाप जिल्ला कारागारमा कैदिबन्दी जिवन बिताइरहेका दुई कैदीका बीचमा बिबाह भएको छ ।
    कर्तव्य ज्यान अपराधमा सजाय भोगिरहेका रामेछापको गुन्सीका माओवादी पूर्व लडाकु दिनेश चौलागाई बेहुला र लागू औषधको अपराधमा जेल परेकी पर्साकी प्रमिला चौधरी बेहुली बिच बिहाह भएको हो । दशैं र तिहारमा महिला र पुरुष कैदीबन्दीहरुका लागी कारागार प्रशासनले आयोजना गर्ने टीका समारोहमा भएको भेटले प्रेम सम्बन्ध भएको र सोही सम्बन्धलाई बिबाहको रुपमा पिरणत गरेको उनिहरुले बताएका छन ।
      रामेछापक कारागारका चौकीदार खड्गवहादुर नेपालीका अनुसार  दुईजना विचमा विवाहको कुरा चलिरहेको चाल पाएपछि उक्त सम्बन्धले मुर्तरुप लिन पाएको हो । आफुले उनीहरु एक अर्कालाई चाहन्छन् भन्ने कुरा थाहा पाएपछि कारागार प्रशासनमा उक्त कुराको जानकारी गराएको र  विवाह गर्न मिल्ने कुराको जानकारी पाएपछि  यो सम्भव भएको उहाको भनाई छ । माथिल्लो निकायमा सोध्दा विवाह गर्दा हुने जानकारी आएपछि उनिहरुको विवाहको साईत जुराईएको थियो ।
आफुले जेलबाट निस्केपछिको लागि साहारा पाएको भन्दै वेहुली चौधरीले खुसि ब्यक्त गर्नुभयो । बाहिर निस्कदा कसरी घरजम होला भन्ने थियो अव चिन्ता भएन उनले भनिन् । कारागार भित्रको बिवाह भएपनि त्याँहा जेल बाहिर हुने बिबाहको भन्दा कुनै कुरामा कमी थिएन । वेहुला र वेहुली विवाहकै पोसाकमा सजिएका थिए । केराको घरी सहित जग्य सजाईएको थियो त्यसमा चाहिने सवै सरमानहरु थिए अनि पुरोहितबाट मन्त्रोचरण र क्यासेटबाटै भएपनि पन्जेबाजा घन्किएको थियो ।  कारागारका कैदीवन्दी, सुरक्षाकर्मी, जेलप्रशासनका कर्मचारी र बजारका केही युवाहरु बिबाह समारोहलाई भव्य वनाउनका लागि जन्तीको रुपमा आएका थिए । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap