निर्मला हत्या प्रकरण अति रहस्यमय : बबिता र रोशनी पक्राउपछि मेयर र एसपीकै आफन्तमाथी शंका सोझियो ! - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » निर्मला हत्या प्रकरण अति रहस्यमय : बबिता र रोशनी पक्राउपछि मेयर र एसपीकै आफन्तमाथी शंका सोझियो !

निर्मला हत्या प्रकरण अति रहस्यमय : बबिता र रोशनी पक्राउपछि मेयर र एसपीकै आफन्तमाथी शंका सोझियो !

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या झनै रहस्यमय बनेको छ । हत्याराको खोजी गर्दै जाँदा अन्तिममा भिमदत्त नगरपालिकाका मेयर र कञ्चनपुरका प्रहरी प्रमुख कै आफन्तमाथी शंका सोझिएको छ । अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान निर्मला होमवर्क गर्न गएको भनिएको घरबाट उनका साथी बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेपछि घटना झनै रहस्यमय बनेको छ ।
बबिता र रोशनी दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित उनीहरुको घरपनि निक्कै रहस्यमय देखिएको छ । होमवर्क गर्न ११ बजे गएकी निर्मला पन्त सोही घर गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी थिइन् । परिवारले भन्यो निर्मला रोशनीसँग पढ्न जान्छु भनेर किताब बोकेर हिँडेकी हो । घर नआएपछि पहिलो पटक उनैका घरमा सोध्न गएका थियौँ । जवाफमा रोशनीले घर आएको तर एकैछिन पढेर फर्किएको जवाफ फर्काएकी थिइन् । घर फर्किने बेलामा आफुले अम्बा टिपेर दिएको र अम्बा लिएर निर्मला घर फर्किएको जवाफ दिएकी थिइन् । आमाले खै साँझसम्म घर आइन त भनेर प्रतिप्रश्न गर्दा पोइला गईहोला भनेर ठाडो जवाफ फर्काएको उनकी आमाको भनाई छ ।
बम परिवारको घरपनि निक्कै शंकास्पद छ । दुई तले भव्य घरमा बबिता र रोशनी बस्दथे । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् । उनीहरुपनि हेर्दा निक्कै निरास रहेको स्थानीयहरुको दावी छ । यही घरमा केही रहस्य छ एक स्थानीयले किटेरै भने यसको खोजी गरे सत्य पत्ता लागिहाल्छ । निर्मला हराएको भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेको थियो । सबै स्थानियले निर्मला खोजिरहेका बेला उनको मुखबाट फत्त निर्मलाको लासपनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ । उनले त्यही साईकल छेउछाउ लास हुनसक्छ भनेर संकेत गरेकी थिइन् । जुन अपराध लुक्न नसकेको अवस्थाको प्रस्तुती हो । एक स्थानीयले बताए । यी दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताएको छ ।

अझ रहस्यमय कुरा त यो छ की यी दुई जना दिदिबहिनी मात्रै बस्दै आएको उक्त घरमा एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको दावी छ । निर्मला हराउनु अघिपनि यी दुई युवक बारम्बार आउँथे । त्यसपछिपनि यी बारम्बार यहाँ आइरहेका छन् । उनीहरुले किटान गरेरै भनेका छन् । दुई दिदि बहिनी मात्र बसेको घरमा यी दुई युवक किन आउँथे ? न यिनीहरुको कुनै सम्बन्ध छ न कुनै साईनो छ तर रात साँझ यिनीहरुको बास यही हुन्थ्यो । एक छिमेकीले बताए । स्थानीयले यस्तो कुरा खुलाएपछि नयाँ प्रहरी प्रमुखले बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको छ ।
अर्को झनै रहस्य छ के छ भने, यी दुई दिदिबहिनीलाई प्रहरीले प्रहरी सुरक्षाका लागि भन्दै जिल्ला प्रहरी कार्यालयको सुरक्षा घेरामा राखेको थियो । आन्दोलन चर्किदै गएपछि उनीहरुमाथी स्थानीयले आक्रमण गर्न सक्छन् । भनेर उनीहरुलाई सुरक्षा पहरा दिएर राखिएको प्रहरीको दावी थियो । जबकी त्यही घरबाट हराएको भनेपछि पक्राउ गरेर कुनै सोधपुछका लागि लगिएको थिएन । अहिले नयाँ प्रहरी प्रमुख आएपछि मात्र उनीहरुलाई अनुशन्धानकै लागि भनेर पक्राउ गरिएको छ ।
यता स्थानीयकै आक्रमणबाट बचाउन भनेर उनीहरुको घरमा प्रहरीले सुरक्षा दिएर राखेको थियो । अहिले उक्त घर हेर्दापनि अति नै शंकास्पद छ । स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आवत–जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने–जाने गर्थे । ती युवकलाईपनि पक्राउ गर्न स्थानीयले माग गरेका छन् । झनै चकित हुने रहस्य त के छ भने, घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए ।
तर, किताब पानीले भिजेका थिएनन् । प्रत्यक्षदर्शी भन्छन् । पानी रातभरी परेको हो । उनको लास र कपडा सबै भिजेका छन् । तर किताब कापी कुनैपनि भिजेका छैनन् । त्यो पानीले किताब कापीसँगै थिए भने पानीले गलिसक्थ्यो । यसैले किताब पछि लगेर फालिएको छ । अब किताब पछि फालियो भनेपछि ती किताबहरु घरमा नै रहेको र घटना लुकाउन पछि त्यहाँ लगेर फालिएको आशंका गरिन्छ । अर्को रहस्यमय छ के छ भने, न त्यहाँ कुनै चाडपर्व न कुनै फोहोर हुने बेला भएको थियो ।
नयाँ जस्तै रंग भएको घरभित्र फेरी भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयको भनाइ छ । यसलेपनि त्यही घरभित्र बलात्कार भएर हत्या भएको त हैन स्थानीयको शंका छ । बारम्बार गइरहने । तीनै एसपीका छोरा र मेयरका भतिजको कुकर्म त यहाँ लुकेको छैन ? स्थानीयले बारम्बार प्रश्न गरीरहेका छन् । यही लुकाउनका लागि प्रहरीले मानसिक सन्तुलन बिग्रिएको एक व्यक्तिलाई पक्राउ गरेर घटना ढाकछोप गर्न लागेको बिरोध स्थानीयको छ । यो हुन नदिन अहिले जीवन नै बाजी राखेर कञ्चनपुरका जनता आन्दोलनमा उत्रिएका छन् ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap