स्यावास डिएसपि कुमोद,तिमीलाई मनै देखीको स्यलुट - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » स्यावास डिएसपि कुमोद,तिमीलाई मनै देखीको स्यलुट

स्यावास डिएसपि कुमोद,तिमीलाई मनै देखीको स्यलुट


काठमाडौं । चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी एकपटक पक्राउ परी छुटेर फरार भएका अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको छ ।

रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई प्रहरीले निकै ठूलो प्रयासपछि पक्राउ गर्न सफल भएको हो ।

तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो ।

छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेपछि यो प्रकरण चर्चामा आयो ।

बलात्कार अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए । यो विषय बाहिर आएपछि प्रहरी हेडक्वार्टरले तत्कालीन डीएसपी शर्मालाई विभागीय कारवाही स्वरुप सरुवा गरेको थियो ।

यसबीचमा ५ वर्षसम्म लगातार डिल्लीमायाले न्याय खोज्दा पनि पाउन सकेकी थिइनन् । अन्ततः रामेछापमा कुमोद ढुंगोल डीएसपी भएर गएपछि उनले यो केसको अनुसन्धान बढाएका थिए ।


अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समान्वयबाट पक्राउ गर्न सफल भएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मध्य क्षेत्रका डीआइजी गणेश केसीले बताए ।

शुरुमा भारतको चण्डीगढ लगायतका शहरमा रहेका अभियुक्त राउत पछिल्लो समयमा भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा कार्यरत रहेको प्रहरीले पत्ता लगायो । राउतलाई अण्डमानबाटै भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पछ्यायो ।

पछिल्लो समय राउत दिल्लीको नोयडामा भारतीय प्रहरीको निगरानीमा परे । नेपाल प्रहरीको मध्यक्षेत्र ब्यूरो, रामेछापका डीएसपी ढुंगेल र अपराध महाशाखा सहितको टोलीले भारतबाट पछ्याउँदै भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

पत्रकार सम्मेलनमा डीआइजी केसीले राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ गरिएको बताए । अभियुक्त राउतले प्रारम्भिक वयानका क्रममा सुन्तली तामाङको बलात्कारपछि हत्याको अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ ।

तत्कालीन डीएसपीमाथि कारवाही होला ?

अरुणोदय माविमा कक्षा ७ मा अध्ययनरत सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई विना कारवाही छाड्ने तत्कालीन डीएसपी सञ्जिव शर्मामाथि पनि थप छानविन हुने डीआइजी केसीले बताए । पत्रकार सम्मेलनमा सुन्तलीका आमा डिल्लीमायाले तत्कालीन डीएसपी शर्माले ‘केटी भेटे जसले पनि गर्छन्’ भन्ने गैरजिम्मेवार जवाफ दिएको आरोप समेत लगाइन् ।

उनले तत्कालीन डीएसपी शर्मामाथि कारवाही भएमात्र आफ्नो छोरीको आत्माले शान्ति पाउने भन्दै बलात्कारीमाथि कारवाही गर्नका लागि शर्माले ‘खेत पास’ गरेर दिन दबाव दिएको आरोप समेत लगाइन् । उनको आरोप सुनेपछि डीइआजी केसीले डीएसपीमाथि छानविन हुने बताए ।

केसीले भने- उतिबेलै डीएसपी शर्मामाथि विभागीय कारवाही स्वरुप सरुवा गरिएको हो । अनुसन्धान फितलो गरेको देखिएकै हो, अब पीडितको आरोपबारे पनि छानविन हुन्छ । गल्ती देखिएमा कारवाही हुनेछ ।

  स्यावास डिएसपि कुमोद,तिमीलाई मनै देखीको स्यलुट
बालिकाकी आमा दिलमाया सँग डिएसपि कुमोद

   साढे पाँचसम्म छोरीको हत्यारा पत्ता लगाउन सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले प्रहरी प्रशासन, मानवअधिकार आयोगदेखि विभिन्न संघ संस्था धाइन । न्यायको खोजीमा आँखाको आँशु रित्याइन । न्याय खोज्न जग्गा जमिन बेचिन । छोरीको हत्यापछि न्याय पाउनको सट्टा उनको परिवार छ महिना गाउँबाट नै विस्थापित हुन पर्यो ।

यस बीचमा रामेछापका प्रहरी प्रमुख धेरै फेरिए । तर पनि डिल्लीमायाले न्याय पाइनन । दोषी श्याम राउतलाई तत्कालिन रामेछापका प्रहरी प्रमुख डिएसपी सञ्जिव शर्मा दासले पक्राउ गरेर पनि छोडदा न्याय पाउनको लागि डिल्लीमाया तामाङले असाध्यै पीडा र दुःख झेल्नु परेको थियो । कुनै दिन न्याय पाउने आशामा भौतारिएकी डिल्लीमाया तामाङले रामेछापका प्रहरी प्रमुख कुमोध ढुङगेको सक्रियतामा न्याय पाउन सफल भएकी छिन् । डिएसपी ढुङगेको सक्रियतामा सुन्तली तामाङको हत्यामा सलग्न फरार अभियुक्त पक्राउ परेका छन् ।

छोराको हत्यापछि विछिप्त बनेकी डिल्लीमाया तामाङ अपराधी पक्राउ परेकोमा खुसी छिन् । डिएसपी ढुङगेल नै आफ्नो लागि भगवानको रुपमा पाएको बताउदै अपराधी पक्राउ पर्दा छोरीको आत्माले समेत शान्ति पाएको बताउछिन् ।
हामी पनि भन्छौ, स्यावास डिएसपि कुमोद,तिमीलाई मनै देखीको स्यलुट हामी रामेछापेली जनताको तर्फबाट । तिमी रामेछापमा आएसगै न्यायको महसुस गर्न थालेका छन रामेछापीलि जनताले । तिमी सधै रामेछापमा नै बस है ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap