गृह जिल्ला रामेछापमा कुलमानको भब्य स्वागत हेर्नहोसःफोटोफीचर - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » गृह जिल्ला रामेछापमा कुलमानको भब्य स्वागत हेर्नहोसःफोटोफीचर

गृह जिल्ला रामेछापमा कुलमानको भब्य स्वागत हेर्नहोसःफोटोफीचर

अब नेपालि जनताले चाहेजती बिद्युत आपुर्ती हुन्छः प्रधिकरण प्रमुख घिसिङ
रामेछाप,माघ १६ गते ।
        नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले अबको केही बर्ष भित्रै नेपालि जनताले चाहेजती बिद्युत आपुर्ती हुने दाबि गर्नु गरेका छन । 
रामेछापको बेथानमा आयोजीत नागरीक अभिनन्दन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै उनले अहिले देशको प्रमुख सहरहरुलाई लोडसेडिङ मुक्त पार्ने योजना अनुरुप क्रमशः काठमाण्डौ, पोखरा, बिराटनगरलाई लोडसेडिङमुक्त गरीसकेको बताए । आफु प्राधिकरण प्रमुख भएर आए सगै काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त गर्न सफल भएको भन्दै उनेले भने– “काठमाण्डौका उपभोक्ताहरुले कुलमानले चमत्कार नै गरे भने तर यो कुनै चमत्कार नभई यो त साईन्स हो, बत्ती बल्नको लागी करेन्ट चाहीन्छ र त्यो करेन्टलाई कसरी ब्यवस्थापन गर्ने भन्ने मात्र हो ।” आफुले बिद्युतको माग कसरी आपुर्ती गर्ने भन्ने बिषयमा मास्टर्सको थेसिस गरेको भन्दै उनले उपत्यकालाई लोडसेडीङमुक्त गर्न आफु ईमान्दार भएर नलागेको भए ब्यवस्थापनले मात्र केही नहुने तर्क गरे । पहिले उपत्यकामा किन १७÷१८ घण्डा लोडसेडिङ हुन्थ्यो र अहिले यस्तो कसरी सम्भब भयो भन्ने प्रश्न आफुलाई सबैले सोध्ने गरेको भन्दै उनले भने “पहिले कुशल ब्यवस्थापन पनि थिए र ईमान्दारीता पनी थिएन अहिले त्यो दुबै छ त्यसैले यो सम्भब भयो ।” लोडसेडिङ अन्त्य गर्न आफु एक्ललै कुनै चमत्कार नगरेको उनले दाबि गरे । “सर्बप्रथम त प्रधानमन्त्री प्रचण्डले प्राधिकरण प्रमुखमा मलाई छनौट गर्नुभयो र उर्जामन्त्री जनार्दन शर्मा सहितको एउटा बलियो टिम निर्माण हुनु नै लोडसेडिङमुक्त अभियानको पहिलो सफलता हो ।” उनले भने । प्रधानमन्त्रीले बिद्युत चुहावटको सानो सानो बिषयमा पनि २४ सै घण्टा चासो राखेको भन्दै उनले यसको जस प्रधानमन्त्रीलाई समते जाने बताए । प्रधानमन्त्रीकै आदेश अनुसारको काम गर्दै आफुले कर्मचारीलाई परीचालन गरेको उनको भनाई छ । लोङसेडिङ अन्त्य गर्नुमा आफुलाई भरपुर साथ दिएको भन्दै उनले काठमाण्डौबासिको प्रशसां समेत गरे । “कुलमानले आज यो कुरा बोलेको छ भनेपछि काठमाण्डौबासीले मान्ने चलननै बसिसकेको छ । आज देखी बक्ती कम खपत गर्ने, अनावस्यक सामाग्री नचलाउने भनरे आग्रह गरे पछि ठुला देखी बालबच्चा सम्मले मान्ने सस्कार बस्यो यो नै ठुलो उपलब्धी हो ।” उनले भने । पहिले बालबच्चाले पढ्ने बेला, खाना पकाउने बेला, कपडामा स्त्री लगाउने बेला बत्ती जादा निराश भएको काठमाण्डौबासि एक्कासि बत्तीनै नजादा अचम्ममा परेको भन्दै अब लोडसेडिङको धेरै चर्चा नगर्न पनि आग्रह गरे । “लोडसेडिङ मुक्त त भइसक्यो, अब प्राधिकरण सामु लोडसेडिङ मुक्त अभियानलाई कसरी निरन्तरता दिने भन्ने चुनौति खडा भएको छ ।” उनले भने । दिर्घकालिन रुपमा नेपाललाई बिद्युतमा कसरी आत्मनिर्भर बनाउन सकीन्छ भन्ने बिषयमा आफुले अध्यन गरीरहेको उनले बताए । त्यसमा उर्जा मन्त्रलयको पहलमा नेपालको पानि जनताको लगानि कार्यक्रमले सहयोग पु¥योउने बिश्वास ब्यक्त गरे । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको भन्दै उनले अहिले सम्म ३ अर्ब सम्मको अनलाईन प्रतिबद्धता आइसकेको दाबि गरे । 
आफु रामेछापमा जन्मीएर पनि रामेछापका सम्पुर्ण गाबिसमा बिद्युतीकरण गर्न नसकेको गुनासो आउने गरेको भन्दै उनले भने–“म रामेछापबासि भए पनि अहिले सिंगो देसभरको समस्या हेर्नु परेको छ । बिजुली बाल्न बाँकी रहेका रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसकेको छ । आफ्नो जिल्लालाई भन्दा पनि देशलाई नै उल्यालो बनाउने र बिजुली माफर्त देशलाई धनी बनाउने अभियानमा म लागेको छु ।” उनले आफुले जिल्लाको लागि पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे । ‘देशकै लागि काम गर्दा जिल्ला पनि समेटिन्छ, अब रामेछापवासीले पनि अन्धकारमा बस्नु पदैन ।’ ‘कहिलेकाही लाइन सट भएर प्राविधिक कारणले पाँच दस मिनेट विद्युत जादा लोडसेडिङ भएको मान्नु हुँदैन’, घिसिङले भने । उनले सुनकोसी नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई मध्यनजर गर्दै रामेछापको राकाथुम गाविसमा स्वस्टेसन बनाउने काम अगाडि बढाएको बताउदै यस सवस्टेसन मार्फत हिमाल पहाड र तराईका क्षेत्रमा विद्युत वितरण गर्न सहज हुने योजना बनाएको बताए ।  आफु जाहा जादा पनी कुलमान आयो भन्दै सबैबाट सम्मान पाउने गरेको स्मरण गर्दै उनले आफु अहिले सम्म सम्मान थाप्नकै लागी काही नगएको र रामेछाप आफ्नो गृह जिल्ला भएकोले पहिलो पटक सम्मान ग्रहन गर्न आएको बताए । पहिलेका प्राधिकरण प्रमुखहरुले देशका केही उद्योगी ब्यवसायी सँग गोप्य रुपमा बिजुली बेच्ने गरेको रहस्य थाहा पाएको भन्दै त्यस्ता उद्योग ब्वसायबाट बिद्युत कटौती गर्दानै आज लोडसेडिङ अन्त्य गर्न सम्भब भएको बताए । काठमाण्डौमा लोडसेडिङ नहुने भएपछि अहिले स–साना होटल ब्यवसायी देखी ठुला ठुला उद्योगी ब्यवसायीले आफुलाई खुसि ब्यक्त गरेको बताए । लोडसेडिङ अन्त्य भएपछि  होटलको  प्रतिमहिना ३–४ लाख देखी उद्योगी ब्यवसायीको ४–५ करोड सम्मको डिजेल पेट्रोल किन्ने पैसा बचत भएकोले अब देसको प्रति ब्यक्ती आय समेत बढ्ने अपेक्षा आफुले गरेका बताए । उद्योग ब्यवसाय फष्टाउनु भनेको देसको अर्थतन्त्र पनी बृद्धी हुनु हो, प्राधिकरणले देसको अर्थतन्त्र बढाउने काममा पनि अप्रत्यक्ष रुपमा सहयोग गरीरहेको छ उनले भने ।
घिसिङले रामेछापमा जन्मीएर उपत्यकालाई लोडसेडिङमुक्त गर्नुको साथै देशलाईनै उज्यालो बनाउने अभियानमा लागको भन्दै डुह मावि डहुले उहाको सम्मान स्वरुप नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो । डहु माविका भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाबाट नागरिक अभिन्नदन गरीएको थियो । डहु मावि डहुको भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङले विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत उदघाटन गरेका थिए ।  । डहु माविका प्रधानाध्यापक दलबहादुर लामाका अनुसार विद्यालयमा २२ वटा इन्टरनेट सहितका कम्प्युटर रहेका छन । वि सं २०१८ सालमा स्थापना भएको डहु माविमा कुलमान घिसिङले २०२२ सालमा नौ बर्षको उमेरमा कक्षा १ मा भर्ना भएका थिए । गत भदौ २९ गते बसेको मन्त्रीपरिषदको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै उपत्यकामा लोडसेडिङमुक्त गराउन सफल भएका थिए ।




Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap