रामेछाप प्रहरीले आफ्नो सक्रियता बढाउदै/गुण्डागर्दीको अन्त्य गर्ने डिएसपि ढुंगेलको भनाई - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप प्रहरीले आफ्नो सक्रियता बढाउदै/गुण्डागर्दीको अन्त्य गर्ने डिएसपि ढुंगेलको भनाई

रामेछाप प्रहरीले आफ्नो सक्रियता बढाउदै/गुण्डागर्दीको अन्त्य गर्ने डिएसपि ढुंगेलको भनाई

रामेछाप असोज ११ गते ।
       मन्थली/रामेछापको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरिक्ष (डिएसपी) कुमोद ढुगेंलले गुण्डाराजको अन्त्य गर्ने बताउनु भएका छ ।
(डिएसपी) कुमोद ढुगेंल
     रामेछापको शान्ति सुरक्षा प्रति सर्व–साधारणले प्रत्यक्ष अनुभुती गर्नको लागि सबै खालका गुण्डाराजको अन्त्य गर्ने उहाँले बताउनु भएको हो । रामेछापमा गुण्डाको राज चलेको आफूले थाहा पाएकाले पहिलो चरणमा सदरमुकाम र आसपासका क्षेत्रमा गुण्डाराजको अन्त्य गर्ने प्रहरी नायव उपरिक्षक ढुगेंलले बताउनुभयो ।
    गुण्डाराज अन्त्य गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेकाले नागरिकलाई सहयोग गर्न पनि उहाँले अपिल गर्नुभएको छ । प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेकै दिन पत्रकार सम्मलेन गरेर उहाँले अबको तीन महिनाभित्र रामेछापका नागरिकहरुलाई शान्ति सुरक्षाको सवालमा प्रत्यक्ष परिर्वतनको अनुभुती दिलाएर छाड्ने प्रतिवद्धता जनाउनुभएको थियो । डिएसपी ढुंगेलले तीन महिनाभित्र जिल्लाको शान्ति सुव्यवस्थामा परिवर्तन आउने बताएका थिए । जिल्लामा पहिलो पटक प्रहरी नायव उपरीक्षकको रुपमा आएका प्रमुख ढंगेलले प्रहरीले सुव्यवस्ता कायम गर्न प्रभावकारी काम गर्ने बताएका थिए। प्रमुख ढुंगेलले भने म घुस दिने र लिने दुबैको बिरोधी हुँ, रामेछापमा यस्ता क्रियाकलाप भएको थाहा पाए तत्काल कावाही गर्छु ।’ उनले आफुले अहिलेसम्म कसैसँग एक रुपैया पैसा नलिएको दावी गर्दै कसैले लिएको छ भनेर भन्छ भने आफु सामु ल्याउन चुनौती दिए । जिल्लामा जनताको काम गर्दा प्रहरीले पैसा लिएको थाहा पाए तत्काल खबर गरेर आफूलाई सहयोग गर्न आग्रह पनि प्रहरी प्रमुख ढुंगेलले नागरिकसँग आग्रह गरे।
 उहाँले गलत काम गर्ने प्रहरी निरीक्षक र जवानलाई पनि कारबाही गरिसकेको बताउनुभयो । रामेछाप कारागारका सुरक्षा प्रमुख र चौकीदार शुक्रबार राति मदिरा सेवन गरेको अभियोगमा पक्राउ परेका थिए । विशेष सुराकीका आधारमा सदरमुकाम मन्थलीबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको छ । ढुंगेलका अनुसार सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कारागारबाट निस्केर बजारक्षेत्रमा मदिरा सेवन गरेको अवस्थामा फेला परेकाले प्रहरी नायव निरीक्षक छत्र पण्डित र चौकीदार खड्गबहादुर नेपालीलाई पक्राउ गरिएको थियो । स्थानीय बासिन्दाले साँझ ६ बजेपछि कारागार बाहिर निस्कन नपाउने चौकीदार र सुरक्षा प्रमुख आफैं बजारमा बसेर मदिरा खाइरहेको सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी पठाइएको ढुंगेलले बताए । प्रहरीले दुवैलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाएको छ ।
    यसैबिच जिल्ला प्रहरी कार्यालय रामेछापले पछिल्लो समयमा जिल्लाका बिभिन्न क्षेत्रमा सक्रियता बढाएको छ । 
      प्रहरीले असोज ६ गते  मन्थली नगरपालिका वाड नं. १ का  उद्वब के.सी. को घरको झ्याल फुटाई ८२ हजार बराबरको सामान चोरी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 
     पिडित पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरी अनुसार कार्यालयवाट खटिएका टोलीले चोरी भएको धनमाल सहित सोमबार आरोपिहरुलाई पक्राउ गरेको हो ।
      पक्राउ पर्नेमा  मन्थली नगरपालिका वाड नं. ४ का बर्ष १७ का अबिशेक खत्री र मन्थली नगरपालिका वाड नं. १ का बर्ष २० को रामहरी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेम जोसीले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमाथि जिल्ला अदालत रामेछाप बाट ५ दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साभारःउज्यालो अनलाईन/रेडियो तिनलाल

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap