कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने

कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने

परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त संकलन गर्ने निर्णय
काठमाडौं २२ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ ।

श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका लागि काठमाडौँ उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो ।

बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त संकलन गर्ने निर्णय गरेको इपिएस कोरिया शाखा निर्देशक डिल्लीराम बाँस्तोलाले जनाकारी दिनुभयो ।

यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त संकलन केन्द्र स्थापना गरिनेछ ।

पोखराबाट दरखास्त दिएकाहरुलाई पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ। बैठकले भूकम्प अति प्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्ण हुनेलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णय गरेको निर्देशक बाँस्तोलाले बताउनुभयो ।

यसअघि भदौमा भाषा परीक्षा लिने भनिए पनि मानव संशाधन विभाग (एचआरडी) कोरियाले चाँडै परीक्षा लिन आग्रह गरेपछि असारमा सारिएको हो । कोरियामा हालसम्म ३५ हजार ८ सय परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् । 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap