रामेछाप पौष ७ गते ।
रामेछाप जिल्लाकै सर्वाधिक पुरस्कार राशिको दास्रो रामेछाप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि प्याराडाईज युवा क्लब खिम्ती ‘बि’ ले हात पारेको छ ।
![]() |
| तश्वीर अप्रील अधिकारी |
शुक्रबार हिमगंगा गाविसलाई ३–० को सोझो सेटमा हराउँदै प्याराडाईजले उक्त उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । रामेछाप जिल्ला खेलकुद बिकास समीतीको आयोजनामा गत मंगलबारदेखि सुरु भएको उक्त प्रतियोगितामा हिमगंगाले प्याराडाईज खिम्ती सामु २५–१६, २५–२३ र २५–२० को अन्तरमा पराजित हुँदै द्वितीय स्थानमा चित्त बुझाएको छ । प्याराडाईज खिम्तीले उपाधि कब्जासँगै १ लाख ५० हजा नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पार्न सफल भएको छ । द्वितीय हिमगंगाले ७५ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी पाएको छ ।
त्यस्तै शुक्रबार भएको तितृय स्थानको खेलमा नमुना दिप युवा क्लब शैपुले लोकतान्त्रिक खेलकुद सङ्घलाई २५–१८, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गरेको छ । जित सगै नमुनादिपले ५० हजार नगद मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।
लोकतान्त्रीकले सान्वना स्थानमा चित्त बुझाउदै ३० हजार नगद मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरको छ । प्रतियोगीतामा उत्कृष्ट खेलाडी लवन गोतामे (हिमगङ्गा गा.वि.स), उत्कृष्ट स्पाइकर नविन रिजाल (नमूना दिप युवा क्लब), उत्कृष्ट ब्लकर राज कु.थापा (प्याराडाइज युवा क्लब ‘बि’), उत्कृष्ट सेटर राजु श्रेष्ठ(प्याराडाइज युवा क्लब ‘बि’), उत्कृष्ट डिफेन्डर विनोद चन्द (लोकतान्त्रिक खेलकुद सङ्घ) र उत्कृष्ट सर्बर धमु चौधरी (लोकतान्त्रिक खेलकुद सङ्घ) लाई जनही ५ हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरीएको थियो । बिजयी खेलाडिहरुलाई रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पुरस्कार बितरण गर्नु भएको थियो । प्रतियोगीतामा देसभरबाट १२ टिमले सहभागीता जनाएको रामेछाप जिल्ला खेलकुद बिकास समीतीका अध्यक्ष पुरुषोक्तम कडरीयाले जानकारी दिए ।

हेर्नुहोस फोटो फिचर