रामेछाप/पौष २८ गते ।
रामेछाप जिल्ला क्षेत्र नम्बर २ बाट प्रत्येक्ष निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका नेता श्याम कुमार श्रेष्ठ ‘कुशल’ पछिल्लो जिल्लाको विकास निर्माणको काममा सक्रिय हुँदै आएका छन् ।
संविधानसभा निर्वाचनको बेला रामेछापवासीसँग गरेको प्रतिबद्धता अनुसार काम गरीरहेको सांसद श्रेष्ठको दाबि छ ।सडक, विद्युतिकरण, शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई अघि सारेर रामेछाप जिल्लालाई विकास गर्ने योजना सहित लागेका छन्–सांसद श्रेष्ठ
रामेछापको विकासको लागि सबै गाविसमा विद्युतीकरण, व्यवस्थित सडक, विभिन्न स्थानमा रामेछापलाई जोडने पक्की पुलको निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार कृषि पर्यटन र जिल्लामा रोजगारीको अवसर सृजना गर्ने योजना उनको छ । केही महत्पूवर्ण विकासका काम सम्पन्न भएकोर केही सम्पन्न हुने चरणमा रहेको उनको दाबि छ ।
अहिले रामेछाप क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रमा विकास गति लिएको उनको दाबि छ । आफु निर्वाचित भएको दुई बर्षको अवधिमा पाँच वटा पक्की पुल निर्माण कार्य सम्पन्न भएको उनले सुनाए । बाँकी चार वटा पक्की पुल निर्माणको कार्य धमाधम चलिरहेको छ । रामेछापलाई राजधानी र तराईसँग जोडने गरी विभिन्न स्थानमा पुल निर्माणको सर्भे पनि भएको छ । दुई बर्षको अवधिमा मन्थलीको एरपोर्ट नजिकै रहेको तामाकोसी नदीको पक्की पुल जुन १३ महिनामा नै सम्पन्न भयो । सदरमुकाम मन्थलीसँग जोडने तामाकोसीको पुल निर्माणसँगै भटौली खोलामा पनि पक्की पुल निर्माण कार्य सम्पन्न भएको छ । यो पुल निर्मार्णसँगै रामेछाप पश्चिम क्षेत्रका बासिन्दालाई आवतजावत गर्न निकै सहज भएको छ ।
सुनकोसीको सित्खामा पनि पुल निर्माण भएर सञ्चालनमा आएको छ । त्यसैगरी खैरेखोला र खानीखोलामा पनि पुल सम्पन्न भएको छ । अहिले निर्माणाधिन अवस्थामा चौरीखोला पुडिटार, लखनपुरको चौरीखोला पुल काम सम्पन्न हुने चरणमा छ । रामेछाप काभ्रे र सिन्धुलीको संगमस्थल सुनकोसीको खैरेनीघाटको पक्की पुल यसै बर्ष्भित्र सम्पन्न गराउन सक्दो पहल गरेको छु । काम तिब्र गतिमा अगाडि बढेको छ । उनले बताए ।
रामेछापको २ नम्बर क्षेत्रका महत्वपूर्ण तीन सडक निर्माण पहिलो प्राथमिकतमा रहेको छ । मन्थली–गेलु–फुलासी–डडुवा हुँदै दोरम्बासम्म कालोपत्रेको काम पहिलो चरणमा छ । खैरनीघाट–बेथानको पानीघाट हिलेदेवी–दिपीपोखरी–गाल्वा हुँदै सैलुङसम्म कालोपत्रे गर्नको लागि डिपिआरको काम अगाडि बढेको श्रेष्ठले सुनाए । मन्थली–पकरपावास–गाल्वा–रजमन्टार–गुरासे चौरीसम्म कालोपत्रेको लागि डिपिआरको निम्ति प्रक्रिया अगाडि बढाएको उनको भनाई छ ।
लुभुघाट–डहुँ भलायखर्क गुन्सी मावि लखनपुर–डोल्ला ढुङगाखानी सानो सैलुङ–ठूलो सैलुङ ताम्चेत हुँदै देउरालीसम्मको लागि उत्तर–दक्षिण मार्गको रुपमा जोडेर कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले सहितको सडक निर्माणको लागि पनि डिपिआर तयारीको क्रममा छ । बुहबर्षिय ठेक्कामा गएको मन्थली दोरम्बा–सैलुङ सडक एक बर्ष अघि नै पाँच करोड रुपैयाँमा निर्माण हुन लागेको हो । बाँकी तीन वटा सडक निर्माणका लागि डिपिआर अगाडि बढाइएको छ ।
यि सडक २ नम्बर निर्वाचन क्षेत्रको रणनैतिक सडकको रुपमा पर्छन । चार वटा सडक कालोपत्रे हुने वित्तिकै रामेछापका बासिन्दाका जीवनमा ठुलै परिर्वतन आउछ । आर्थिकस्तर पनि उकास्छ । उनको दाबि छ । रामेछाप जिल्ला पुरातात्विइक, ऐतिहासिक, धार्मिक सांस्कृतिक रुपमा निकै धनी छ । राजधानी नजिक रहेर पनि विकास निर्माणमा पछाडि परेको जिल्ला हो । अब यो अवस्था रहदैन । जिल्लाले विकासमा गति लिएको छ । यो गतिलाई अझ बढाउनु पर्छ । जिल्लामा पयर्टकीय गन्तव्यको रुपमा धेरै स्थान रहेका छन् । क्षेत्र नम्बर २ मा सिन्धुली जिल्लाको नेपालथोक, लुभ–बेथान सुनापति–गाल्वा–अग्लेश्वरी– दोरम्बा हुँदै सैलुङलाई पद मार्गको रुपमा विकास गर्ने योजना अगाडि सारिसको उनको भनाई छ ।
रामेछापमा पर्यटनको विकासको लागि आफुले पहल गरीरहेकोउनको भनाई छ । रामेछाप र दोलखाको सीमानामा रहेको सय वटा थुम्काहरुले बनेको सैलुङ नेपालकै पर्यटकीय आकर्षक गन्तव्य हो । यहाँबाट देखिने हिमाली श्रृङखला, प्राकृतिक सौन्दर्य आकर्षणका केन्द्र हुन । जिल्लालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिन्छ । यो योजना पनि अगाडि सारेको छु । सित्खामा पुल बनेपछि सैलुङमा पर्यटकको सख्या बढेको छ । सैलुङमा आन्तरिक एवं बाह्य पर्यटनहरुको बाक्लै आउने गरेका छन् । भ्यु टावर निर्माण कार्य भइरहेको छ भने स्थानीयवासीको सहयोगमा भ्यु प्वाइन्टको निर्माण पनि भइरहेको छ । सैलुङलाई पर्यटनकीय क्षेत्रको रुपमा विकास गर्न सक्दा रामेछाप २ नम्बर क्षेत्रका बासिन्दाकै आर्थिक जीवनस्तरमा ठुलै परिवर्तन आउने उनले सोचेका छन ।
कुनै बेला रामेछापको जुनार निर्क चर्चीत थियो । रामेछाप जिल्लाको क्षेत्र नम्बर १ को सुकाजोर, भलाजोर, सालु, देउराली लगायतका गाविसलाई जुनार पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सार्ने सांसद श्रेष्ठको योजना छ । यसका लागी क्षेत्र नम्बर १ का सांसद आंटावा शेर्पा सग कुरा भएको उनको दाबि छ । रामेछाप क्षेत्र नम्बर २ का फुलासी, दिपीपोखरी, बेथान, हिलेदेवी लगायतका गाविसलाई पनि जुनार पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने उनले देखेका छन । अहिले परम्परागत रुपमा भन्दा पनि व्यवसायिक रुपमा जुनार खेती अगाडि बढाउनु पर्ने आवश्यकता छ । अहिले किसानहरुले जिल्लामा किबी खेती पनि व्यवसायिक रुपमा सुरु गरेका छन् । चिया खेतीको पनि राम्रो सम्भावना रहेको छ । गाल्वा, अग्लेश्वरी लगायतको स्थानमा चिया खेती गर्न सकिन्छ । रामेछापलाई जुनार पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । यसको लागि बजेट पनि विनियोजन भएको छ । रामेछापको जुनार देश विदेशमा समेत चर्चा हुने गरेको छ ।
रामेछापमा विद्युतीकरण हुन बाँकी ३३ वटा गाविसमा वद्युतीकरण गर्नको लागि आफ्नो पहलमा बजेटको तर्जुमा भएको उनले सुनाए । सरकार र दातृ निकायसँग समन्वय गरेर बजेटको तर्जुमा गर्नुको साथै प्रक्रिया समेत अगाडि बढेको छ । एक महिना अघि ग्लोबल टेन्डर भएर रामेछापमा विद्युत बल्न बाँकी रहेका रामेछाप क्षेत्र नम्बर १ र २ का सबै गाविसमा विद्युतिकरणको लागि ठेक्का लागि सकेको छ । अब सम्झौता भएर काम भएर काम अगाडि बढ्छ । अबको डेढ बर्षभित्रमा रामेछापका कुनै पनि नागरिक बिजुली विना बस्नु पर्ने छैन् – श्रेष्ठले भने । विद्युतिकरणको काम युद्धस्तरमा अगाडि बढ्छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग र निगरानी गर्नुपर्छ । रामेछापको क्षेत्र नम्बर २ को गोश्वारादेखि नम्बर क्षेत्र नम्बर १ को गुम्देलसम्मका नागरिकहरुले अब विजुली बाल्न पाउछन । ढुक्क भए हुन्छ । उनले भने ।
रामेछाप जिल्लाका २७ भन्दा बढी गाविसलाई सरकारले नै सुख्खग्रस्त गाविस घोषणा गरिसकेको छ । २०७२मा गएको विनाशकारी भुकम्पको कारण पनि खानेपानीको मुहान पनि सुक्दा समस्या माथि समस्या थपिएको छ । पकरवास, खाँडादेवी, मुझुवा, भीरपानी,गुन्सी, बेथान गेलु लगायतका गाविसका बासिन्दा अहिले पिउने पानीको समस्यामा परेका छन् । अहिले नागरिकहरुको दैनिक जीवनसँग जोडिएको खानेपानी उपलब्ध गराउनको लागि जिल्लामा सानाठूलो आयोजना सञ्चालन भएका छन् । सरकारले पनी देस भरका नागरीकलाई खानेपानीको सुबिधा उपब्ध गराउन पहल थालेको सांसद श्रेष्ठले बताए । रामेछापको क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रका १७ वटा गाविसका बासिन्दालाई सेवा दिने उदेश्यले अगाडि सारिएको रामेछाप वृहत्त खानेपानी आयोजना अगाडि बढाउन सकिएको छैन् ।
सदरमुकामा मन्थलीमा पनि लिफ्ट सिस्टम मार्फत तामोकोशीको नदीबाट पम्प गरेर पानी वितरण हुँदै आएको छ । खानेपानीको स्रोत नहुँदा सुनकोसी र तामाकोसी नदीबाट नै लिफ्ट गरेर खानेपानी वितरण गर्ने योजना अगाडि सारिएको छ । पकरवास र भीरपानी गाविसमा लिफ्ट सिस्टम मार्फत खानेपानी आयोजनाको काम अगाडि बढेको छ । खानेपानी आयोजनाको लागि न्युन बजेट हुँदा समस्यमा नै सम्पन्न गर्न कठिनाई भएको छ । यी याहोत बिषयमा खानेपानी मन्त्रालयमा आफुले पहल गरीहरेको सांसद श्रेष्ठले सुनाए ।
भुकम्पपछि रामेछापका बासिन्दाको अवस्था निकै दयनिय छ । अझै पनि अस्थायी टहरोमा नै बस्न बाँध्य छन् याहाका नागरीक । भुकम्पले ५२ हजार घरपरिवार पीडित भएका थिए । जसमध्ये ४६ हजारको पहिलो किस्ता सम्झौता भएर झण्डै ३५ हजार भुकम्प पीडितले पहिलो किस्ता प्राप्त गरिसकेका छन् । रकम प्राप्त गरेपछि घर निर्माणको काम पनि सुरु गरेका छन् । कतिपय गाविसका दोस्रो किस्ताको तयारीमा छन् । नाम नमिलेका, विदेश गएका, अशसक्त भएका कारण कानुनी पक्रिया पूरा नभएको कारण पहिलो किस्ता प्राप्त गर्न सकेका छैनन् । ११ हजार भुकम्प पीडितहरुले आफ्नो नाम सूचिबाट हटेको गुनासो गरेका छन् । जो बास्तबीक भुकम्प पीडित हो उनीहरुलाई राहत दिलाउनु हाम्रो दायित्व र कर्तव्य हो । सरकारले कर्मचारी र प्राविधिक जनशक्तिको कमी छ भनेर सुख पाउदैन । यो कुरामा आफु गम्भीर भएको उनको भनाई छ ।
अन्तमिमा गाविसमा गाविस सचिव नबसेको गुनासो धेरैको छ । सबै गाविसमा सचिव नगएका भने होइनन । कतिपय गाविसमा सचिव बसेर सेवा पनि दिएका छन् । कतिपय गाविसमा गाउ परिषद् र केहि कार्यक्रम बाहेक सचिब नजाने गरेको पनि देखिएको छ । सम्बन्धित गाविसका नागरिक समाजका अगुवा, राजनीतिक दलहरुले गाविस सचिवलाई गाविसमै राख्ने वातावरण सृजना गनु पर्छ । अब राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने मान्यतालाई स्थापित पनि गर्नुपर्छ । जनप्रनिधिको दायित्व पनि गाविस सचिवले नै धान्दै आएका छन् । पुनिर्माणको कर्मचारी अभाव हुँदा त्यसको बोझ पनि गाविस सचिवले झेल्दै आएका छन् । एउटा गाविस सचिवले दुई वटा गाविस हुर्नुपर्ने अवस्था पनि छ । हाल जिल्लामा ४५ वटा गाविस मध्ये केही गाविसमा एक जना सचिवले नै दुई वटा गाविसको काम गर्दै आएका छन् । गाविसमा एक जना कर्मचारी मात्र हुँदा पनि समस्या आएको उनको बुझाई छ ।
रामेछाप जिल्लाबाट सञ्चालन हुने सवारी साधानको भाडा निर्धारण गर्नको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति पनि गठन भएको छ । समयमा नै भाडा निर्धारण नहुँदा नागरिकहरुले गुनासो पनि गरेका छन् । यो समस्या अब छिट्टै समाधान हुन्छ । जिल्लामा महालहाक सवारी साधान चल्न नसक्दा दैनिक उपभोग्य सामाग्री ल्याउन पनि समस्या छ । पुननिर्माणको काम समेत यसले प्रभावित भएको छ । सामाग्री ओसार पसार गर्न रुट परमिट नदिदा रामेछापवासी बेलाबेलमा समस्या खेप्दै आएका छन् । यस विषयमा यातायात मन्त्री रमेश लेखकसँग आफुले कुरा गरेको उनको भनाई छ । यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्छ । उनले भने ।
यो समाचार रामेछाप न्युज डटकमले सांसद श्रेष्ठ सँग गरेको अन्र्तबार्ताबाट साभार गरीएको हो ।




