![]() |
| मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै |
रामेछाप,पौष २४ गते ।
मन्थली नगरपालिकाकोे पाचौ नगरपषिद आइतबार सम्पन्न भएको छ । परीषद मार्फत नगरपालिकाले चालू आर्थिक वर्षको बजेट १२ करोड, ८२ लाख ४३ हजार रुपैयाँ रहेको प्रतिवेद प्रस्तुत गरेको छ ।
![]() |
| संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगु पानसमा बत्ती बालेर नगरपरीषदको उद्घाटन गर्नुहुदै |
जसमा अनुदान तर्फ ३ करोड ६४ लाख ६४ हजार रहेको छ भने नगरपालिका भवन निर्माण अनुदान १ करोड रुपैँया रहेको छ । त्यसैगरी सडक सडक सौर्य बत्तीको लागि २३ लाख ६० हजार, दम्कल खरिदका लागि ६० लाख, नगर पूर्वाधार विकासमा १ करोड ६० साल ५ हजार, फोहोर ब्यवस्थापनमा ५ लाख रहेको छ ।
![]() |
| प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, स्थानिय बिकास अधिकारी दिनेशराज पन्त, पुर्ब सभाषद तारानारायण श्रेष्ठ बिगुल,सशस्त्र प्रहरीका DSP लगायतका अतिथीहरु |
त्यस्तै एलजीसिडीपिको अनुदान २५ लाख ४२ हजार, सडक बोर्डमा ४६ लाख र चालू अनुदानमा ४६ लाख, साजिक सुरक्षा २ करोड ३४ लाख ५८ हजार गरि जम्मा १० करोड, ६४ लाख २९ हजार रहेको छ ।
त्यसैगरी नरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले आर्थिक वर्ष २०७४/०७५ को लागि ४० करोड १ लाख ११ हजार रुपैया बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । प्रस्तुत नीति तथा कार्यक्रम अन्र्तगत समपुरक कोषमा ३५ लाख छुट्याईएको कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो ।
बजेटमा महिला लक्षित कार्यक्रममा २६ लाख ६१ हजार, बालबालिका लक्षित कार्यक्रममा २६ लाख ६१ र अन्य लक्षित कार्यक्रमका लागि ३९ लाख ९२ हजार छुट्याईएको छ । त्यसैगरि ठुला पुर्वाधार योजनामा १ करोड, पुर्वाधार बिकास कार्यक्रममा १० करोड ३५ लाख र पर्वदनात्मक कार्यक्रममा ६९ लाख ४७ हजार रकम विनियोजन गरिएको छ ।






