रामछाप असोज १९ गते ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा प्रभु बैंङक लिमेटेडले मंगलबारबाट आफ्नो सेवा सुरु गरेको छ । एक कार्यक्रमका बिच रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बैंङकको उद्घाटन गरेका हुन् ।
बैङकले एटिएम सेवा पनि मंगलबारबाटै सुरु गरेको छ । मन्थलीको देबकोटा चोक नजिकै प्रशासन जाने बाटोमा बैङकले आफ्नो शाखा संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बैङकले रामेछापमा शाखा खोलेकोमा शुभकामना दिए ।
उनले बैङकले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्नु पर्ने सुझाव पनि दिए । बैङ्कका क्षेत्रीय निर्देक अशोक खड्कीले प्रभु बैंङक लिमेटेडले कृषि क्षेत्रमा जोड दिने बताए । उनले जिल्लामा रहेको सबैलाई बैङ्कमा खाता खोलेर सहयोग गर्न पनि आग्रह गरे ।


