रामेछाप र सिन्धुली जोडने सित्खाको पुल निर्माण कार्य सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप र सिन्धुली जोडने सित्खाको पुल निर्माण कार्य सम्पन्न

रामेछाप र सिन्धुली जोडने सित्खाको पुल निर्माण कार्य सम्पन्न

रामछाप असोज १९ गते ।
      रामेछाप र सिन्धुली जोडने भीरपानीस्थित सित्खाको पुल निर्माण कार्य सम्पन्न भएको छ । छ बर्षको अवधिमा सित्खाका पुल निर्माण गर्न सम्पन्न भएको हो । ११ करोड रुपैयाँ लागयतमा निर्माण भएको पुलको लम्बाई १ सय ५० मिटर रहेको छ ।

    सरकारले रामेछाप क्षेत्र नम्बर २ का बासिन्दालाई सहज रुपमा यातायात सेवा उपलब्ध गराउनको लागि २०६७/०६८ सालबाट पुल निर्माणको कार्य अगाडि बढाएको थियो । चार बर्षमा निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का भएपनि पुल निर्माण गर्न सरकारले म्याद थप गरिएको थियो । पुल निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनीले दुई बर्षपछि पुल निर्माणको काम सम्पन्न भएको गरेको छ ।

      अहिले साना सवारी साधान सञ्चालन गर्न मिल्ने र दुई महिनापछि बस गुड्न मिल्ने बताईएको छ पुलमा एकैपटक दुईतर्फी सवारी साधन सञ्चालन गर्न मिल्ने बताइएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि हाल सित्खाको पुलबाट टाटासुमो, कार मोटरसाइकल लगायतका सवारी साधनहरु ओहोर दोहोर गर्न थालेका छन् । रामेछापको भीरपानी गाविसको व्यापारिक केन्द्र सित्खामा पुल निर्माण कार्य सम्पन्न भएसँगै रामेछापमा उत्पादित वस्तुले पनि बजार पाउने भएको छ । सित्खामा पुल सञ्चालनमा आएपछि भिरपानी पकरवास, दोरम्बा दिमीपोखरी, खाडादेवी, माकादुम लगायतका गाविसका बासिन्दा लाभान्वित भएका छन् । 
     विगतको दशैमा सुनकोसी तरेर घर जानु पर्ने बाँध्यता रामेछापबासीको लागि अब हटेको छ । यस पटक भने सिधै राजधानी काठमाडौंबाट रामेछाप आउन सकिने भएको छ ।
साभारःरामेछाप निउज डटकम

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap