नेपालमा दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेपालमा दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच

नेपालमा दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच

   
५ असोज, काठमाडौं । दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच दु्रततर बन्दै गएको छ ।
   दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा दस हजार नयाँ ग्राहक थपिन्छन् ।
    प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चारसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो सङ्ख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो ।
   तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै गएका अाजकाेगोरखापत्रमा समाचार छ ।
   अहिले मोबाइल सेवाको पहुँच नेपालको कुल जनसङ्ख्याभन्दा निकै बढी पुगेको छ ।  प्रतिवेदनअनुसार दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच पुगेको छ। त्यसमध्य सीडीएमए मोबाइल प्रयोगकर्ताको सङ्ख्या १४ लाखभन्दा केही बढी रहेको छ ।  बाँकी सबै ग्लोबल सिस्टम फर मोबाइल (जीएसमए)को रहेको छ।
   हाल नेपालमा तीनवटा दूरसञ्चार सेवा प्रदायकले मोबाइल सेवा उपलब्ध गराइरहेका छन् ।  नेपाल टेलिकमले जीएसएम र सीडीएमए दुवै तथा एनसेल र स्मार्ट टेलिकमले जीएसएममा आधारित मोबाइल सेवा प्रदान गर्दै आएका छन् ।
   जसमध्ये पछिल्लो तथ्याङ्क अनुसार सीडीएमए र जीएसमए गरी टेलिकमका एक करोड ४८ लाख, एनसेलका एक करोड ४० लाख र स्मार्ट टेलिकमका करिब १४ लाख मोबाइल प्रयोगकर्ता छन् ।  सेवा प्रदायकले आफ्नो नेटवर्क विस्तारलाई पछिल्लो समय प्राथमिकता दिएकाले पनि सिम खरिद गर्ने ग्राहक बढेको एनसेलका कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माको भनाइ छ ।
Source:Onlinekhabar.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap