रामेछाप असोज ५ गते-मन्थली/रामेछाप जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिने भएको छ । ४५ वटा गाउँ विकास समिति र २ नगरपालिका सहित सवै गाविस र नगरपालिका घोषणा भएसँगै रामेछाप जिल्ला पूर्ण साक्षर जिल्ला घोषाणा हुने भएको हो ।
शिक्षा मन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्तामा जिल्ला शिक्षा कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरि जिल्लालाइ साक्षर घोषणा गर्न लागेको हो ।
जिल्लामा रहेको कुल जनसंख्या मध्ये १५ देखि ६० बर्ष उमेर सम्मका ९५ प्रतिशत भन्दा बढि नागरिक साक्षर भएकाले आज साक्षर जिल्ला घोषणा कार्यक्रम गर्न लागेको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । कार्यक्रम विहान १०ः३० बजे कटहरबोटबाट ¥यालीसहित मन्थली बजार परिक्रमा गरेर सामुदायिक भवनमा संचालन गर्न लागेको कार्यालयले जनाएको छ । अन्तरराष्ट्रिय मापदण्ड अनुसार नगरपालिका र गाविसमा रहेका १५ देखि ६० बर्षसम्मका ९५ प्रतिशत निरक्षर साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्ने प्रावधान छ । त्यसभन्दा माथि साक्षर प्रतिशत आएमा पूर्ण साक्षर घोषणा गर्न सकिनेछ ।


