रामेछाप,असोज ५ गते
मन्थलि/रामेछाप बुधबार साक्षर जिल्ला घोषणा भएको छ । नेपाल सरकारका माननिय शिक्षामन्त्री धनिराम पौडेलको प्रमुख आतिथ्यतामा जिल्ला साक्षर घोषण गरीएको हो । किार्यक्रममा बोल्दै शिक्षा मन्त्री धनिराम पौडेलले गुणस्तरीय शिक्षाको लागी सरकारले लगानि गर्न लागेको बताउनु भएको छ । आज रामेछापलाई साक्षार साक्षार जिल्ला घोषणा गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले हिजो पहुचको लागी बिद्यालय खोलीएपनि अहिले जनताका छोराछोरी राम्रो पढाईको खोजिमा शहर केन्द्रित र बोर्डीङ स्कुल केन्द्रित भएको बताउनु भयो । जसको कारण सरकारी स्कुलमा गरीएको लगानि बालुवाको पानि सरह भएको उहाको भनाई छ । मन्त्री पौडेलले अहिले नेपालको शिक्षा निति २०२८ सालमा बनाईको पुरानै भएकाले शिक्षा क्षेत्रको विकासका लागी बिभिन्न चुनौतीहरु रहेको बताउनुभयो ।
उहाँले आजको राजनिति जुन ठाँउमा छ शिक्षा प्रणली त्यो भन्दा धेरै पछाडी रहेको बताउनुभयो । मन्त्री पौडलले नगरी नहुने ठाउमा २०२८ सालको शिक्षा नितिलाई टालटुल गरेर संसोधन गरिए जस्तो गरेर काम चलाउने गरिएको पनि बताउनुभयो । उहाँले अहिले चलिरहेको शिक्षा प्रणली परिवर्तन गर्न जरुरी रहेको बताउनुहुदै यो परिवर्तनका लागी सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोडदिनुभयोे । मन्त्री पौडेलले सरकारले अस्थायी र राहत शिक्षकलाई खुल्ला र आन्तरीक प्रतिस्पर्धाबाट अबसर सिर्जना गर्न शिक्षा एन निर्माण गरेको बताउनुभयो ।
नेकपा माओवादि केन्द्रका नेता समेत रहनु भएका मन्त्री पौडेलले अहिले संविधान कार्यान्वयन र संसोधनका सवाल बजारमा धेरै कुराहरु आईरहेको बताउनुभयो । उहाँले बजारमा जे जस्तो कुराहरु आएपनि संविधान संसोधन र कार्यान्वयन सबै मिलेर गरे मात्र सम्भव हुने बताउनुभयो । उहाँले देश विकासका लागी राजनितिक स्थिरता हुन आवश्यक रहेको बताउनुभयो । देशमा लामो समय अधिकार प्राप्तीका लागी भएका बिभिन्न सङघर्षका कारण राजनितिक अस्थिरता भएको बताउनुभयो । एउटा पार्टि बिशेष र व्यक्ति बिशेषको नभई बहुसङख्यक जनताको अपनत्व हुनेगरी रानिति नभएसम्म मुलुकमा स्थिर राजनिति नहुने उहाँको भनाई छ । पछिल्लो समयमा मुलुकमा भएका सफलताहरु ठुला पर्टिमात्र मिलेर नभई जनताको सहभागीता र जनआन्दोलनको कारण भएको उहाँको भनाई छ । मन्त्री पौडेलले जनयुद्धको उपलब्धी संबिधान घोषणा भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहभित्र कुल १ लाख ११ हजार १ सय ८८ जनसंख्या रहेकोमा औपचारिक र अनौपचारिक शिक्षा कार्यक्रम मार्फत् १ लाख ७ हजार १ सय ८५ जना अर्थात् ९६ दशमलव ४० प्रतिशत साक्षर भएको तथ्यांकका आधारमा रामेछापलाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । साक्षर हुन बाँकी ३ दशमलव ६० प्रतिशत नागरिकलाई यथाशक्य चाँडो साक्षर बनाउन मन्त्री पौडेलले जिल्लाका सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नेगरी प्रतिबद्धता समेत गर्न लगाउनुभयो ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीका निर्देशक दिवाकर ढुंगेलले साक्षर रामेछाप बनाउन जिल्ला शिक्षा कार्यालयले उल्लेखनीय कार्य गरेको भन्दै प्रशंशापत्र प्रदान गर्नुभयो । कार्यक्रममा अधिकांश वक्ताले जिल्लाको शैक्षिक स्तर उकास्नका लागि अझ धेरै काम गर्नुपर्ने भन्दै साक्षर हुन बाँकी नागरिकलाई अक्षर चिनाउन प्रयत्न गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा पूर्व संविधान सभा सदस्य तारानारायण श्रेष्ठ, सांसदहरु श्यामकुमार श्रेष्ठ, शिवबहादुर खड्का, कमला सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, राजनीतिक दलका अगुवा समेतले आ–आफ्नो धारणा राखेका थिए । जिल्ला साक्षर भएको खुसीयालीमा जिल्ला सदरमुकाम मन्थलीका विभिन्न विद्यालयले झाँकी प्रस्तुत गरेका थिए भने स्काउटले परेट प्रदर्शन गरेको थियो ।

