रामेछाप, असोज ९ गते
मन्थली /रामेछापको सदरमुकाम मन्थलीमा रहेको भुतपुर्व सैनिक वचत तथा ऋण सहकारी संस्थाले गएको एक वर्षको अवधिमा २ लाख १६ हजार १ सय १४ रुपैया मुनाफा कमाउन सफल भएको छ ।
करिव एक हजार शेयर सदस्य रहेको उक्त संस्थामा भुतपूर्व सेनाले मात्र संस्थाको सदस्यता लिन पाउने व्यवस्था विधानमा गरिएको छ । दशवर्ष अघि आफ्ना २५ जना सदस्यहरुवाट वचत तथा ऋणको कारोवार शुरु गरेको संस्थाको १० औं बार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुगेलले आज पानसमा वत्ती वालेर गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ढुगेलले भुपु सैनिक वचतले आफ्नो अभियानलाई सहकारीका सात सिद्धान्तका अनुसार चलाउनु पर्ने भन्दै सहकारी विना समाज विकासको क्रममा नै अवरोध पुग्ने वताए । उनले सहकारीको अभियानलाई हरेक सदस्यले आफनो व्यक्तिगत जिवनमा समेत जोडेर हेर्न आग्रह गरे ।
उक्त सांधारणसभाले संचालक समितिका सचिव जयवहादुर कठायतद्धारा प्रस्तुत सागंठानीक प्रतिवेदन र कोषाध्यष्य विरवहादुर खड्काद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ । साधारण सभामा उत्कृष्ट शेएर सदस्यहरु, उत्कृष्ठ वचतकताहर्रु, वचतकर्ताका उच्चतम अंक ल्याएर गतवर्षको एसएलसी पास हुने छोराछोरीहरुलाई समेत प्रमुख अतिथि ढुंगेलले प्रमाण पत्र तथा नगद र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभामा पदावधि समाप्त भएका अध्यक्ष केशव घिमिरे, कोषाध्यक्ष विरवहादुर खडका, सदस्य थणिन्द्रवहादुर थापा र सदस्य शिवकुमारी कार्कीलाई पुन सोहि पदमा आगामी ३ बर्षका लागि निर्विरोध निर्वाचित गरिएको छ ।


