ठोसेको फलाम खानी र जुनारले रामेछापलाई आत्मनिर्भर बनाउछः जोशी - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » ठोसेको फलाम खानी र जुनारले रामेछापलाई आत्मनिर्भर बनाउछः जोशी

ठोसेको फलाम खानी र जुनारले रामेछापलाई आत्मनिर्भर बनाउछः जोशी

रामेछाप, असोज ९ गते ।
       मन्थली/उद्योग बाणीज्य संघका पूर्वअध्यक्ष कुश कुमार जोशीले सरकारले उद्योगी ब्यवसायीलाई गरी खाने वातावरण सिर्जना गर्नु पर्ने बताए छन् ।  उनले उद्योगी व्यवसायी मागी खाने बर्ग नभई गरी खाने वर्ग भएको बताएका हुन् । 
      पुर्वअध्यक्ष जोशीले रामेछाप जिल्ला उद्योग व्यवसायको सम्भावना बोकेको जिल्ला भएको बताउदै जोशीले भने,‘ठोसेको फलाम खानी, रामेछापको जुनार खेतीमा लगानी गर्न सके रामेछाप आत्मनिर्भर बन्न सक्छ ।’ उनले रामेछापमा हाईड्रोपावरको पनि धेरै राम्रो सम्भावना बोकेको जिल्ला भएको बताए ।
      रामेछाप उद्योग बाणीज्य संघको १० औं बार्षिक साधरण सभालाई आइतवार मन्थलीमा सम्बोधन गर्दै उनले उद्योग क्षेत्रमा नयाँ नीतिको आवश्यकता रहेको बताए । नेपालिले उद्योग ब्यवसायमा लगानि गर्न नसक्दा बर्षेनि हजारौ युवा बिदेशि उद्योगमा काम गर्न बाद्य भएको बताउनुभयो । जसका लागी सरकारले केहि लागानि गरेर भए पनि नेपालमा उद्योगी ब्यवसायी सिर्जना गर्नु पर्नेमा उहाले जोड दिनुभया । सरकार र ब्यवसायी बिच राम्रो समन्वय भएमा मात्र देस बिकास हुन सक्ने उहाको दबि छ । 
रामेछापलाई आत्मनिर्भर बनाउने तीन योजना । ठोसेको फलाम खानी सञ्चालन, जुनार खेती र हाइट्रोपावर । जोशी भन्छन–रामेछाप सम्भावना बोेकेको जिल्ला हो ।
      पूर्व अध्यक्ष जोशीले उद्योग क्षेत्रमा नयाँ नीतिको आवश्यकता रहेको मा जोड दिनु भएको छ । उद्योग क्षेत्रको विकास भए मात्रै समग्र मुलुकको विकास हुने भन्दै जोशीले उद्योगी र उद्योग क्षेत्रका विषय संविधानमै समेट्न आफूहरुले आग्रह गरेको बताउनुभयो । उहाँले नेपालको उद्योग नीति छरपष्ट रहेकोले यसलाई सुधार गरेर नेपालको उद्योग क्षेत्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो ।

      कार्यक्रमका दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले भूकम्पको नाममा आएका एनजिओ तथा आईएनजिओले स्थानीय उद्योगसँग सहकार्य नगरी गरेकोप्रति असन्तुष्टि जनाए । 
    रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष पशुपति बहादुर खड्काले भुकम्पका कारणले रामेछापका व्यवसायीहरु अझैपनि छाप्रोमा व्यापार गर्न बाँध्य रहेको बताए । रामेछाप उद्योग बाणिज्य संघ अध्यक्ष पशुपती बहादुर खड्काले  भुकम्पका कारणले रामेछापका व्यवसायीहरु अझैपनि छाप्रोमा व्यापार गर्न बाध्य रहेको बताउनुभयो । उहाँले सरकारले व्यवसायीहरुलाई निष्पक्ष ढङगले लगानी गर्ने बाताबरण बनाउन नसक्दा सरकारी नितिकै कारण व्यवसायीहरु हैरान भएको बताउनुभयो । उहाँले रामेछापको ठोसेमा रहेको फलाम खानी, रामपुरमा सिमेन्ट उद्योग संचालन को सम्भावना रहेकाले यसका बारेमा पनि ध्यान पु¥याउनु पर्ने बताउनुभया ।
     उहाँले रामेछापको सदरमुकाम मन्थलीको बजार क्षेत्रमा सिसि क्यामेराको सम्भाव्यता अध्ययन समेत भैसकेकाले अब मन्थली बजारमा चाडै ससक्यामेरा जडान हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बिभीन्न उद्योग ब्यवसाय संचालन गरी बसेको उत्कृष्ट युवा उद्यमीहरु उत्कष्ट सहयोगी सम्मान अवार्ड बाट सम्मानित भएका थिए । उक्त अवार्ड बाट सम्मानित हुनेहरुमा प्रथमा मनि ट्रान्सफरका सुरेश उदास, चिरन्जिबी डेरीका भानु श्रेष्ठ लगातयका युवा उद्यमी रहेका छन । 

      यस्तै कार्यक्रममा कार्य सम्पादनमा महत्वपुर्ण योगदान गरेको भन्दै अध्यक्ष खड्काले कार्य समिति र कर्मचारी गरी ५ जनालाई उत्कृष्ठ कार्य सम्पादन अवार्डले सम्मान गर्नु भएको थियो ।
 उत्कृष्ठ कार्य सम्पादन अवार्डद्धारा सम्मानीत हुनेहरुमा रामेछाप उद्योग बाण्ज्यि संघका पुर्व अध्यक्ष लोक बहादुर श्रेष्ठ, कार्य समिति सदस्य देमुना योञ्जन , कार्य समिति सदस्य श्याम थापा , महासचिव जगन्नाथ दाहाल र कार्यकारी अधिकृत नविन केसी रहनु भएको छ ।
   कार्यक्रममा स्थानिय विकास अधिकारी दिनेशराज पन्त , नेकपा माओबादि केन्द्रका नेता एवं पुर्व सांसद तारानाराण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव लेख बहादुर कार्की, नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेल साधरणसभाको सफलताको सुभकामना मन्तब्य राख्नुभएको थियो ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap