रामेछाप, भाद्र २७ गते ।
जिल्ला भरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासघं जिल्ला शाखा रामेछापबाट सदस्यता लिन योग्य पत्रकारहरुको लागी आवेदनको मिति तोकीएको छ । पत्रकार महासङ्घ रामेछाप जिल्ला शाखाले आवेदनका लागि भदौ २७ गते देखि १५ दिन भित्र अथवा असोज १० गते सम्म मात्र समय सिमा तोकेको छ । आबेदन फर्म जिल्ला शाखा मन्थलिबाट पाउन सकीने अध्यक्ष रमेश ढुंगेलद्धारा जारी सुचनामा भनिएको छ । उक्त बिषयमा केही बुझ्नु परेमा महासघंको नम्बर ०४८–५४०१४० मा सम्पर्क गर्न सकिनेछ ।


