२०७४ माघसम्म तीन तहको चुनाव नभए संवैधानिक संकट आउँछः नेपाल - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » २०७४ माघसम्म तीन तहको चुनाव नभए संवैधानिक संकट आउँछः नेपाल

२०७४ माघसम्म तीन तहको चुनाव नभए संवैधानिक संकट आउँछः नेपाल

       रामेछाप, भाद्र २७ गते । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी २०७४ साल माग ८ गतेसम्म तीन तहको चुनाव गरेर नयाँ संसद दिन नसके संवैधानिक संकट उत्पन्न हुने बताउनु भयो ।  

देशलाई संवैधानिक संकटबाट जोगाउन राजनैतिक दलहरुको बीचमा जस्तोसुकै सम्झौता गरेर भए पनि २०७४ को माघसम्ममा तीन तहको चुनाव सम्पन्न गर्नेगरी अगाडि बढ्नु पर्ने नेता नेपालले बताउनु भएको हो । नेता नेपालले स्थानीय, प्रादेशिक र राष्ट्रिय तीन तहको चुनाव नभए संविधान कार्यान्वयन नै हुन नसक्ने समेत बताउनुभयो ।  
      १६ वर्षदेखि स्थानीय तहको चुनाव हुन नसक्दा स्थानीय निकायमा बजेटको दुरुपयोग भएको भन्दै आगामी चैत्रभित्र जनुसुकै हालतमा चुनाव गर्नुपर्ने नेता नेपालको भनाई छ । पुनःसरचना आयोगले ल्याएको ५ सय ६५ गाउँपालिकाको खाका पूरै गलत भएको भन्दै गाउँपालिकाको संख्या बढाएर कम्तीमा दोब्बर बनाउनुपर्ने नेता नेपालले बताउनुभयो । बरु जिल्लालाई घटाएर ६० वटासम्म बनाउन सकिने तर गाउँपालिकाहरु बढाउनु उहाँको भनाई छ । 
      न्यायालय गाउँसम्म लैजाने कुरा पनि गलत भएको टिप्पनी गर्दै २÷३ वटा गाविसहरु मिलाएर सेवा केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको आमसभालाई संवोधन गर्दै नेता नेपालले यस्तो बताउनु भएको हो । 
     नेता नेपालले नेपाल र भारत सरकार दुवै देशले विगतका आफ्ना गल्तीहरु स्वीकार गर्दै दुई देशबीचमा सम्बन्ध सुधार गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले राष्ट्रिय, स्वाधिनता र राष्ट्रिय रक्षाको संवाहक भएको जिकीर गर्दै नेपाली कांग्रेसले जनतालाई लुटेको, मधेसी दलले जनतालाई ढाँटेको र माओवादी केन्द्रले सत्ता प्राप्तिको राजनीतिक गरेको आरोप लगाउनुभयो । नेकपा एमाले स्वाभिमान र राष्ट्रियता रक्षाको उत्तराधिकारी भएको दावी गर्दै एमाले मर्न तयार हुने तर विदेशीसँग नझुक्ने पनि बताउनु भयो । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap