रामेछाप,भाद्र २५ गते ।
हाम्रो रामेछाप/संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि संशोधन बाहेक अर्को विकल्प नभएको दाबि गर्नु भएको छ ।
संघीय समाजबादी फोरम नेपालले रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले अहिलेको संविधान दुई चार जना नेताले वालुवाटारमा बसेर बनाएको आरोप लगाउनुभयो । नयाँ संविधानले नेपाल र नेपालीको भावनालाई सम्वोधन गर्न नसकेको उहाको दाबी छ । संविधानमा संघीयता, पहिचान, समावेशीता, निर्वाचन प्रणाली र शासकिय स्वरुपमा परिवर्तन हुनु पर्ने उहाले बताउनुभयो ।
यादवले नेकपा एमाले सहित सबै दलहरुसँगको सहमति र सहकार्यबाट मात्रै संविधान संशोधन हुन सक्ने बताउनु भयो । यादवले संघीय गठबन्धनका तीन बुँदे मागमध्ये संविधान संसोधन मुख्य माग भएकाले यस विषयमा सरकार र ठूला पार्टी गम्भीर हुनु पर्ने बताउनु भयो । छलछाम र जालझेल गरी ल्याइएको संविधान कुनैपनि हालतमा मान्य नहुने उहाले बताउनुभयो । संविधन संसोधन नभए देशले ठूलो संकट व्यहोर्नु पर्ने उहाको चेतावनी छ । मधेसी मोर्चाका नेता समेत रहनु भएका यादवले अहिलेकै अवस्थामा सरकारले गर्ने भनेको स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताउनु भएको छ । संविधान संशोधन नभए सम्म कार्यान्वयनमा नआउने र संविधान कार्यान्वयनमा नआएसम्म देश संघियतामा जान नसक्ने उहाको तर्क छ । नेता यादवले संविधान संसोधन गर्ने सर्तमा मात्र आफूहरुले अहिलेको सरकारलाई समर्थन गरेको पनि बताउनु भयो ।
अध्यक्ष यादवले संघीय समाजवादी फोरम नेपाल रामेछापले आयोजना पार्टी समायोजन कार्यक्रमको पनि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका बिभीन्न केन्द्रीय स्तरका नेताहरु, जिल्ल्ला स्थीत राजनैतिक दलका प्रतिनिधि,पत्रकार लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा बिभिन्न पाटी परित्याग गरी स्थनिय नेता कार्यरत संघीय समाजबादी फोरम नेपालमा प्रबेश गरेको थिए ।





