शिक्षक परोपकार बचत को नाफा १ लाख - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » शिक्षक परोपकार बचत को नाफा १ लाख

शिक्षक परोपकार बचत को नाफा १ लाख

रामेछाप भाद्र २६ गते ।
      हाम्रो रामेछाप/शिक्षक परोपकार बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७२/७३ मा कुल १ लाख २ हजार १ सय चौवालिस रुपैयमा नाफा कमाउन सफल भएको छ । 
     रामेछापको मन्थलीमा शनिवार आयोजना गरिएको सो सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभाका अबसरमा संस्थाका कोषाध्यक्ष मेघ प्रसाद भट्टराइले संस्थाको आय ब्यय बिबरण प्रस्तुत गर्ने क्रममा सो कुराको  जानकारी गराउनु भएको हो । उहाले संस्थामा २ सय ५२ जना शेयर सदस्यहरु बाट संकलन भएको कुल बचत २४ लाख १३ हजार ६ सय ८२ रुपैया र ७ लाख ५६ हजार चुक्ता शेयर पुजी मध्ये २७ लाख ८३ हजार एक सय ६४  रुपैया ऋण लगानी भएको कुरा पनि जानकारी गराउनु भएको थियो ।
     संस्थाका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले गर्नु भएको थियो । कार्यक्रमका अबसरमा जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाली काग्रेसका कार्यबाहक सभापति झप्पड राज भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि नयाँघरे, मन्थली माविका निमित्त प्र अ पेशल आचार्य, शिक्षक संघका अध्यक्ष नबराज घिमिरे लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । 
      साधारण सभाले कोषाध्यक्ष मेघ प्रसाद भट्टराईद्धारा प्रस्तुत  आर्थिक प्रतिबेदन र सचिब कमला थापा द्धारा प्रस्तुत सांगठनिक प्रतिबेदन पास गरेको छ । 



Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap