श्रावन २२,रामेछाप, नारायण श्रेष्ठ
एकीकृत सम्पत्ति कर लागुगर्ने सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम आज मन्थलीमा सम्पन्न भएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिका भित्र रहेको घरजग्गाहरुलाई के कसरी एकीकृत सम्पत्ती कर लगाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला ब्यक्तिहरुसँग छलफल भएको थीयो ।

कार्यक्रममा मन्थलि नगरपालिकाका वडा संयोजक, वडा सचिव र राजनीतिक दलका प्रतिनिधिहरुलाई एकीकृत सम्पत्ति कर बिज्ञ खगेन्द्र प्रसाद खतिवडाले प्रशिक्षण समेत दिनुभएको थियो । मन्थली नगरपालिकाले यहि बर्षबाट लागु हुने गरि एकीकृत सम्पत्ति कर लगाउदै छ ।
एकीकृत सम्पती कर भन्नाले नगरपालिकाको क्षेत्र भित्र पर्ने सम्पूर्ण जग्गा र त्यस्तो जग्गाभित्र बनेको भौतिक संरचनाहरु घर, टहरो, गोदाम आदिलाई जनाउछ । अब मन्थलि नगरपालिका भित्र जग्गाजमिन भएका सर्बसाधरणहरुले आफ्नो जग्गा र उक्त जग्गा भित्र बनेका घर, टहरो लगायतको भौतिक संरचनाहरुको एकीकृत सम्पति कर तिर्नु पर्नेछ । भौतिक संरचनाहरुको कर के कति तिर्ने भन्ने बिषयमा नगरपालिकाले गठन गरेको मुल्यांकन समितीले निर्णय गर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।
एकीकृत सम्पती कर तिरेपछि मालपोतमा गएर तिरो तिरिरहनु नपर्ने कर बिज्ञ खतिवडाले बताउनुभयो । अन्तरक्रीया कार्यक्रम मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सप्पन्न भएको थियो ।