आसार १० गते,रामेछाप, हाम्रो रामेछाप संवाददाता
घर नजिकैको कान्लोबाट लडेर रामेछापको नागदहमा एक बृद्धको ज्यान गएको छ ।
रामेछापको नागदह गाबिस –४ काफ्लेटोल निवासि ५७ वर्षका भिम बहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । नागदहमा गरीबि निवारण सम्बन्धी काम गर्दै आएको गुलाफ समुहको अध्यक्ष समेत रहेका तामाङ हिजो बेलुका नै आज समुहको बैठक छ भनि उर्दी गर्न घरबाट निस्केको र हिजो घर नआएपछि परीवारले आज बिहान खोजि गर्दा घर नजिकैको कान्लामुनि मुन्टो गाडिएको अवस्थामा मृत फेला परेको नागदह गाबिसका पुर्ब अध्यक्ष आश बहादुर तामाङले जानकारी दिनुभयो ।
मृतक तामाङ गाउकै काफल समामुदायीक बनको समेत अध्यक्ष रहेको र गाउमा मिलनसार र सहयोगी भएकोले कसैसँग रिशिबि नरहेको स्थानियहरुले बताएका छन ।
मृतक तामाङको चार छोरा, तिन छोरी र एक श्रीमती रहेका छन । मृतक तामाङको शब प्राथमीक स्वास्थ्य केन्द्र मन्थलिमा पोष्टमार्टमगरी आफन्त जिम्मा लगाएको प्रहरीले जानएको छ ।


