नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा रामेछापको पाचौ जिल्ला सम्मेलन सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा रामेछापको पाचौ जिल्ला सम्मेलन सम्पन्न

नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा रामेछापको पाचौ जिल्ला सम्मेलन सम्पन्न

बैशाख २५,नारायण श्रेष्ठ,रामेछाप 
      नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा रामेछापको पाचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । 
     जिल्ला सम्मेलन आयोजक समीतीका अध्यक्ष नारायण नेपालि नयनको सभाध्यक्षता एबं नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा प्रदेश नम्बर ३ का प्रमुख अम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा रामेछापको मन्थलिमा सम्मेलन सम्पन्न भएको हो ।

     मोर्चाको पाँचौँ जिल्ला सम्मेलनले पुनः नारायण नेपालिको अध्यक्षतामा २९ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा सरोज कटुवाल लाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै मिन बहादुर खाती धड्कन र आकास रिजाल  पनि उपाध्यक्षमा चयन भएका छन् । सचिवमा गम्भीर बिक चयन भएका छन् । सह सचिवमा सिताराम मुग्राती ,काजि मुग्राती र बालकुमारी बिक चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा उद्धब बसेललाई चयन गरीएको छ । नयाँ कार्य समितिको केही दिन पछि बस्ने पहिलो बैठकले केहि महत्वपुर्ण निर्णयहरु गर्नेको जनाईएको छ । 
     कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको ३ नम्वर प्रदेशका संयोजक अम्बर बहादुर  विकले दलितका लागी नयाँ संविधानल व्यवस्था गरेका अधिकार कार्यान्वयनमा ल्याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले दलितका लागी राज्यले धेरै कुराहरुको व्यवस्था गरेको भएपनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । 
    कार्यक्रमका अध्यक्ष नारायण बहादुर नेपालीले सङगठनलाई मजबुत बनाउन सबै मिल्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा पुर्व सांसद तारानारायण श्रेष्ठ, एमाओबादी रामेछापका जिल्ला सचिब प्रेमकुमार कार्की सेबक,बाइसिएल जिल्ला अध्यक्ष शेर बहादुर खड्का लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सरोज कटुवालले गर्नुभएको थियो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap