बैशाख २५,नारायण श्रेष्ठ,रामेछाप ।
नेपाल रेडक्रस सोसाईटी रामेछाप जिल्ला शाखाको आयोजनामा एक दिने पारीवारीक सम्पर्क पुनःस्थापना सेवाको अभिमुखिकरण कार्यशाला आज सम्पन्न भएको छ ।
कार्यशालामा रेडक्रस सोसाईटी रामेछापका कार्य समीतीका पदाधिकारीहरु एवं कर्मचारी समेत ३३ जनाको सहभागीता रहेको थियो । बिपद, शसस्त्रसंघर्ष, बसाई सराई लगायतको कारण परीवारबाट सम्पर्क टुट भएका वा हराएकाहरुको खोजि एबं उनिहरुको पुनस्थापना र पुर्नमिलन जस्ता सेवा प्रदान गर्दा अपनाईने प्रक्रिया,कार्यबिधी,औजार लगायतको बिषयमा अन्तरकृयात्मक बिधिबाट सहभागीहरुलाई अभिमुखिकरण गराईएको थियो । कार्यक्रको सुभारम्भ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठले गर्नुभएको थियो भने उपसभापति झम्क कडेलले कार्यक्रमबाट सिकीएका कुराहरुको बारेमा चर्चा गर्दै समापन गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण केन्द्रिय कार्यालयका कार्यक्रम अधिकृत सालिकराम तिवारीले गर्नुभएको थियो ।

यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको सहयोग तथा जिल्ला साखा रामेछापको आयोजनामा जुनियर ईन्जीनियरको लागी खानेपानि सरसफाई तथा स्वच्छता सम्बन्धी ४ दिने प्राबिधिक तालिम आज सम्पन्न भएको छ ।
उक्त तालिममा भुकम्प प्रभाबित जिल्लाहरु गोरखा, धादिङ, काभ्रे, सिन्धुलि,ओखलढुंगा र रामेछापका १० जना जुनियर ईन्जीनियरहरुको सहभागिता रहेको थियो । तालिमममा अमरमणी पौडेल, बिरेन्द्र साही कस्तुब र शिब लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । तालिमको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका मन्त्री जय प्रकाश श्रेष्ठको सभापतित्व एबं नेपाल रेडक्रस सोसाईटी रामेछापका उपकोषाध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, वास कोर्डीनेटर रबि चन्द लगायतको सहभागीता रहेको थियो ।

