हाम्रो रामेछाप संवाददाता
जेठ ७ गते,रामेछाप
तत्काल क्याम्पस अधिबेशन गर्न माग गर्दै नेवी संघ मन्थलि सहिद स्मृती बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले आज प्रेस बिज्ञप्ती निकालेका छन ।
नेबि संघ शहिद स्मृती बहुमुखि क्याम्पस मन्थलिका संयोजक सुनिल पौडेल द्धारा हस्तक्षरीत बिज्ञप्तीमा यहि जेठ २ गते नेबि संघ सहिद स्मृती बहुमुखि क्याम्पसका बिद्यार्थी र नेबि संघ रामेछापका पदाधिकारीहरुको बैठकबाट जेठ ४ गते पुनः बैठक बसि क्याम्पस अधिबेशनको मिती तय गर्ने निर्णय भएपनि उक्त दिन बैठक नबसि जेठ ७ गते बैठक बस्ने बाहाना गरी सम्पुर्ण कार्य समीती सदस्यहरुलाई जनकारी नै नगराई केहि ब्यक्तीहरुको रोहबरमा एकलौटि निर्णयमा बसेको बैठकमा आफनै बिद्यार्थी कार्यकर्ताहरुलाई अभद्र ब्यबहार,गालि,गलज गरी उक्त बैठकमा प्रेबश निषेध गरीदा हामी बिद्यार्थीहरु अत्यन्तै मर्माहीत भएका छौ ।
आफैमा चलायमा बिद्यार्थी संगठन नेवि संघ शहिद स्मृत िबहुमुखी क्याम्पसमा आजको मित िदेखि ५ दिन भित्र अधिबेशनको मीती तय नगरे स्वतन्त्रताको संरक्षण गर्दे हामी बिद्यार्थीहरुको नतृत्व चयन गर्न बाध्य हुनेछौ बिज्ञप्तीमा भनिएको छ ।
![]() | |
| नेवी संघ मन्थलि क्याम्पसका बिद्यार्थीहरुले निकालेको प्रेस बिज्ञप्ती |


