जेठ ५ गत,रामेछाप
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संसदमा जसको पक्षमा सहमति बन्छ त्यसैको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।
नेकपा एमाले रामेछापको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि आज सदरमुकाम मन्थली आइपुगेका महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो ।
नेता पोखरेलको स्वागतको लागी प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाले सरकार संसदको विधि र प्रक्रियाले बन्ने भएकाले कसैले बन्द कोठामा सहमति गर्दैमा सरकार परिवर्तन नहुने उनले दाबि गर्नुभयो । अहिलेको सरकार २०७४ साल माघ महिनासम्म रहने पनि उहाले बताउनुभयो । वर्तमान समिकरणलाई तोड्न आस र त्रासको पासो फलिएको भए पनि सफल हुन नसकेको उनले बताए । उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई आस र त्रासको पासो फालेर फसाउने प्रयत्न गरेका भए पनि त्यो सफल नभएको बताए । ‘प्रचण्डलाई प्रधानमन्त्री बनेर सुरक्षित हुने कि अन्तराष्ट्रिय फौज्दारी अदालतको कठघरमा उभिने भनि आश र त्रास एकै साथ दिइयो । त्यसैले वातावरण विग्रिन खोजेको थियो । तर त्यो प्रयास सफल हुन सकेन’, महासचिव पोखरेलले भने । महासचिव पोखरेलले सरकारले ल्याउन लागेको बजेट जनमूखि बजेट भएको प्रष्ट पारे । बजेट आएपछि एमालेको लोकप्रियता बढ्छ भन्ने डरले सरकारलाई बिचमा नै अवरोध गर्ने प्रयत्न गरिएको समेत उनले आरोप लगाए ।
पोखरेलले स्थानीय निकायको निर्वाचन नहुँदा भ्रष्टाचार संस्थात रुपमा मौलाएको बताए । उनले अहिले सबै दलका मानिसहरु मिलेर स्थानीय निकायमा भ्रष्टाचार गरेकाले यसलाई रोक्न तत्काल स्थानीय निकायको निर्वाचन गर्नु पर्नेमा जोड दिए ।
अर्काे एक प्रसंगमा पोखरेलले अहिलेको सरकार देश बलिरहेको अवस्थामा गठन भएको स्मरण गराए । ‘भूकम्प, मधेश आन्दोलन, नाकावन्दि, छिमेकी देशबिचको तिक्ततापूर्ण सम्बन्धका बिचमा सरकार गठन भयो । धेरै अप्ठेराहरुलाई चिर्दै सरकार यहाँसम्म आएको छ । सरकारको नीति तथा कार्यक्रम आएको छ । अब बजेट आएपछि विकासले गति लिन्छ’, उनले भने । एमालेले समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा कार्यकर्तालाई प्रष्टपार्न २ दिने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ ।

