सडक सुधारको माग गर्दै सिडिओलाई स्थानीय युवाको ज्ञापन–पत्र - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सडक सुधारको माग गर्दै सिडिओलाई स्थानीय युवाको ज्ञापन–पत्र

सडक सुधारको माग गर्दै सिडिओलाई स्थानीय युवाको ज्ञापन–पत्र

सुमित श्रेष्ठ,वैशाख ९, रामेछाप-जिल्लाको सदरमुकाम मन्थली बजार क्षेत्रमा सवारी दुर्घटना बढेको भन्दै स्थानीय युवाहरुले दुर्घटना रोक्न सडक सुधारको माग गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।  


‘स्थानीय युवाहरुले मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालदेखि सुकाजोर खोलासम्मको सडक पुनःनिर्माण गर्नुपर्ने, सडक पेटिमा राखिएको फुटपाथ ब्यवसाय हटाउने व्यवस्था मिलाउनु पर्ने, मदनभण्डारी चोकको घुम्तीमा सडक फराकिलो बनाई एउटा दिशाबाट आइरहेको सवारीलाई अर्को तर्फबाट आइरहेको सवारी चालकले प्रष्ट देख्ने व्यवस्था मिलाउनु पर्ने, मापसे चेकजाँचलाई नियमित गर्नुपर्ने र ट्राफिक सिग्नलको उचित व्यवस्थापन गर्नुपर्ने लगायत माग राखेर प्रजिअलाई ज्ञापन–पत्र बुझाएका हुन् ।’ 

स्थानीय युवाहरुको ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापन–पत्रमा उल्लेख गरिएका मागहरु जायज भएको भन्दै अबको तीन दिनभित्रै सडक सुधारको काम थाल्ने आश्वासन दिएको स्थानीय युवा रुद्रकुमार श्रेष्ठले जानकारी दिए । ‘सवारी पार्किङको लागि बजारको दुई स्थानमा पार्किङ स्थल निर्माणको काम पनि यसै हप्ता थाल्ने प्रजिअ पौडेलले बताएका छन् ।’ 

‘ज्ञापन–पत्रमा उल्लेख गरिएका मागहरुको संवोधान हुने गरि यसै सातादेखि सडक व्यवस्थापनमा सुधार ल्याउने प्रजिअ पैडेलले प्रतिबद्धता समेत जनाएका छन् ।’ सडक सुधार र व्यवस्थापनको लागि हामीले पनि पहल गरिरहेका थियौं । ‘ज्ञापन–पत्रले काम अझ छिटो गर्न हामीलाई सहयोग पु¥याएको छ, प्रजिअ पौडेलले युवाहरुलाई संवोधन गर्दै भने यो काममा हामीलाई तपाई युवाहरुको पनि साथ र सहयोग चाहिन्छ ।’  

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap