हिजो भएको सवारी दुर्घटनाको क्षतिपूर्ति र उपचारको माग गर्दै रामेछापको सडक अवरुद्ध - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » हिजो भएको सवारी दुर्घटनाको क्षतिपूर्ति र उपचारको माग गर्दै रामेछापको सडक अवरुद्ध

हिजो भएको सवारी दुर्घटनाको क्षतिपूर्ति र उपचारको माग गर्दै रामेछापको सडक अवरुद्ध

IMG_2192
वैशाख ८,रामेछाप-रामेछापको सदरमुकाम मन्थलीमा मंगलबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिंदा मृत्यु भएको भिमबहादुर थापा र घाइतेको आफन्तहरुले सडकमा प्रदर्शन गर्दा मन्थली–काठमडौं तथा जिल्लाको सवारी आवागमन ठप्प भएको छ । मृतक र घाइतेका आफन्तले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उचित औषधोपचारको माग गर्दै प्रदर्शन गरेपछि बिहानैदेखि यहाँको जनजीवन प्रभावित भएको छ ।
IMG_2197
मृतकका आफन्तहरुले यातायातका साधन मन्थली बजार प्रवेश गर्ने नाका मन्थलीको भैसेश्वर र मदनभण्डारी चोकमा  मृतक र घाइतेका आफन्त साथै मन्थलीका स्थानीय बासिन्दाहरु भेला भई अवरोध गरिरहेका छन् । बिहान ७ बजेदेखि सडक बन्द गराएपछि मन्थलीबाट काठमाडौं जाने गाडीहरु मन्थलीमै रोकिएर बसेका छन् ।
विवाहको जन्ती बोकेर आएको विपी यातायातको ना ४ ख ना.४ख ९००५ नं.को बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा ३४ प ७६५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा वाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको मृत्यु भएको थियो भने वाइल चालक नारायणहरी सुदेवी गम्भीर घाइते भएका थिए । 
रामेछापबाट काठमाडौंको लागि साना ठूला गरि दैनिक एकसय भन्दा बढी यात्रुबाहक सवारी सधानहरु छुट्ने गरेका थिए । सडक अवरोधका कारण सबै सवारी यातायातहरु मन्थलीमै रोकिएर बसेका छन् । 
मृतकको उचित क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था भएसम्म सवारी यातायात सञ्चालन हुन नदिने प्रदर्शनकारीले बताएका छन् । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap