नारायण श्रेष्ठ,बैसाख ९–अखिल नेपाल महिला संघ(क्रान्तीकारी) खिम्ती गाउ कमीटीको गाउ अधिबेशन आज सम्पन्न भएको छ ।
उक्त अधिबेशनबाट मिना तामाङको अध्यक्षतामा १७ सदस्यीय नँया कार्यसमीती चयन गरीएको छ । जसको उपाध्यक्षमा पुर्ण माया श्रेष्ठ , सचिबमा तारा सुनुवार, सह सचिबमा कमला नेपालि र कोषाध्यक्षमा पार्बती थापा मगरलाई चयन गरीएको छ । त्यस्तै सदस्यहरुमा मिना थापा,सिता तामाङ, याम माया श्रेष्ठ, सिता अधिकारी, सिमा सुनुवार,देबी श्रेष्ठ, गुणमाया थापा, देबकि मिजार , उन लक्ष्मी श्रेष्ठ, निर्मला श्रेष्ठ, पबित्रा थापा र महिला फ्याक्सन इन्चार्ज उर्मीला अधिकारीलाई चयन गरीएको छ । अखिल नेपाल महिला संघ क्रन्तीकारी रामेछाप जिल्ला सम्लेलन ईन्चार्ज सुनिता गौतमको प्रमुख आतीथ्यतामा उक्त अधिबेशन सम्पन्न भएको हो । अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले अहिलेको परीबर्तन महिलाहरुको बन्दुक बोक्ने हिम्मत र साहशले प्राप्त भएको भन्दै अब हुने बैचारीक लडाईमा पनि महिलाहरुको उक्तिकै महत्वपुर्ण भुमीका रहने भएकोले बिगत देखि उठाउदै आएको मागहरु पुरा गर्न फेरि एकजुट भएर लड्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा एमाओबादी रामेछापका जिल्ला कमीटी सदस्य धुर्ब कार्की सन्दीप, अनेम संघ क्रान्तीकारीका जिल्ला संयोजक कमला जिसि, वाईसिएल जिल्ला अध्यक्ष शेर बहादुर खड्का बिद्रोह, एकीकृत अखिल नेपाल शिक्षक संगठकका जिल्ला सचिब बेदबहादुर श्रेष्ठ, एमाओबादी खिम्ती गाँउ कमीटीका ईन्चार्ज बद्री केसि, खिम्ती गाँउ संयोजक गंगा बहादुर श्रेष्ठ लगायतका अतीथिहरुले गाउ अधिबेशनको शुभकामना मन्तब्य दिनुभएको थियो । अनेम संघ क्रान्तीकारी खिम्ती गाउँ कमीटी संयोजक दिलमाया थापामगरकोे अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाओबादी खिम्ती गाउँ कमीटी सचिब भिमकुमार श्रेष्ठले गर्नुभएको थियो ।

