पत्रकारिताको बिकास गर्न सुरुमा निजि क्षेत्रको बिकास हुनुपर्छ –प्रजिअ पौडेल - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » पत्रकारिताको बिकास गर्न सुरुमा निजि क्षेत्रको बिकास हुनुपर्छ –प्रजिअ पौडेल

पत्रकारिताको बिकास गर्न सुरुमा निजि क्षेत्रको बिकास हुनुपर्छ –प्रजिअ पौडेल

नारायण श्रेष्ठ/रेडियो तिफदि
चैत्र ६ गते,रामेछाप
      रोमछापका प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले नेपालमा पत्रकारिताको बिकास गर्न सुरुमा निजि क्षेत्रको बिकास हुनुपर्ने बताउनु भएको छ । रामेछापको मन्थलिमा हिजोबाट सुरु भएको २ दिने आधारभुत पत्रकारीता तालीमको आज सपापन गर्दै प्रजिअ पौडेलले यस्तो बताउनु भएको हो । 

“बढि भन्दा बढि उद्योग कलकारखानाहरु सञ्चालन भएमात्र  मिडिया क्षेत्रले बिज्ञापन सहजरुपमा प्रप्त गर्न सक्छन”प्रजिअ पौडेले भन्नुभयो । “अनिमात्र नेपाल जस्तो अल्पबिकसित मुलुकमा पत्रकारीता पेशा गर्न सजिलो हुन्छ ।” उहाले भन्नुभयो–“पत्रकार हुन सजिलो छ तर व्यावसायिक पत्रकार हुन कठिन छ । यदि सच्चा पत्रकारीता गर्ने हो भने पत्रकारीतामै इच्छाशक्ति साथै अध्ययन जरुरी रहन्छ,अध्ययनले मात्र हरेक चुनौतिको सामना गर्न सहज हुन्छ ।”

मन्तव्यकै क्रममा रामेछापका प्रहरि प्रमुख डिएसपी मोहन कुमार परियारले प्रहरी र पत्रकार एक अर्काको परिपुरक रहेको धारणा राख्नुभयो । “प्रहरिले कुनै पनि बेला पत्रकारबाट सुचना लिनुपर्ने हुनसक्छ र पत्रकारले प्रहरीबाट तथ्य सहितको समाचार प्राप्त गर्न सक्छ”–परियारले भन्नुभयो । पत्रकार प्रहरीको सुचनाको प्रमुख श्रोतको भएको उहाको दाबि थियो ।

      उक्त पत्रकारिता तालिममा रेडियो थाहा संचार काठमाण्डौँका बरिष्ठ कार्यक्रम संयोजक ओम भण्डारी, नेपाल साप्ताहीकका माधव वस्नेत,नारायण अमृत र स्तभकार पेशल आचार्य, पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेललेले रामेछापका अधिकांश गाबिसबाट सहभागि भएका ६० जना प्रशिक्षार्थि हरुलाई प्रशिक्षण दिनुभएको थियो । तालिमको समापा कार्यक्रममा प्रमुअ अतिथि प्रजिअ पौडेल,डिएसपि परीयार,स्थानिय बिकास अधिकारी दिनेशराज पन्त, मन्थलि सहिद स्मृति बहुमुखी क्याम्पसका प्राचार्य गुन्ज बहादुर श्रेष्ठ, डाक्टर सुमन कमाचार्य लगायतका अतिथिहरुले तालिममा सहभागिहरुलाई प्रमाण पत्र बितररण गर्नुभएको थियो ।
    रामेछाप जिल्लाबाट प्रकाशन हुदै आएको मालश्री साप्ताहिको आयोजना तथा बिभिन्न संघ सस्स्थाको सहयोगमा उक्त तालिम सञ्चालन गरीएको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरुले आ–आफनो क्षेत्रमा खोजमुलक पत्रकारीत गर्ने मालश्री साप्ताहिकका सह–सम्पादक प्रकाश न्यौपाने बताउनुभयो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap