मनिला, ६ चैत ।

फिलिपिन्सको राजधानी मनिलाबाट १३ जना चालक सदस्य र २४१ यात्रु लिएर सेबुका लागि उडेको १० मिनेटमै विमानको ‘ककपिटमा आगलागी’ भएको आशङ्कामा आकस्मिक अवतरण गराइएको यहाँको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ ।
उडान भरेको १० मिनेटपछि फिलिपिनी विमान सेवाको उक्त ए ३४० नामक विमानमा प्राविधिक गडबडी भएको भन्दै विमान चालकले मनिलामै आकस्मिक अवतरणका लागि अनुमति लिएका प्राधीकरणका अधिकारी एरिक उपोलोनियोले बताउनुभएको छ । विमान सुरक्षित अवतरण भएको र विमानमा सवार सबै जनालाई सकुशल उद्धार गरिएको थियो । विमानबाट यात्रुलाई बाहिर ल्याएपछि विमानस्थलमा तैनाथ वारुणयन्त्रको सहयोगमा विमानलाई सुरक्षित पारिएको मनिलाबाट प्राप्त समाचारमा उल्लेख छ । रासस÷एपी