आधा रात सम्म नागरिकता वितरण - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » आधा रात सम्म नागरिकता वितरण

आधा रात सम्म नागरिकता वितरण

चैत्र ५, २०७२-बिहीबार साँझ झमक्क पर्दा झण्डै दुई सय सर्वसाधारण नागरिकता लिनको लागि लाईनमा थिए । लाईन अघिल्तिर आफ्ना कर्मचारीको साथ लिएर प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल दस्तखत गर्दै थिए ।

साँझ छिप्पिदा अरु कर्मचारीले प्रजिअ पौडेलको मुख हेरीरहेका थिए । प्रजिअले अव सकियो बाँकी मन्थली आउनुस भन्दिएपनि हुन्थ्यो जस्तो गर्दै थिए ,तर पौडेलले हतारो मानेनन् । लाईनमा वसेका सवैलाई जति रात छिप्पीए पनि नागरिकता दिने भनेर भोकै बसे । सर्वसाधारण पनि रात भयो भनेर घर जान भन्दापनि आफ्नै गाउंमा पुगेको  टोलीबाट नागरिकता लिनका लागि लाइनबाट डेग चलेनन् ।
 जतिवेला लाईनका सवै सर्वसाधारणले आफ्नो नागरिकता कार्ड खल्तिमा हाल्न पाए , त्यति वेला रातको १२ बजेको थियो । प्रजिअ पौडेल र उनका सहयोगीले कलम विसाए  । कर्मचारीलाई अघील्लै रातको निन्द्रा थियो । भोक नहुने कुरै भएन । स्थानीय केहि युवाले खानपिनको प्रवन्ध गरे, खानाखाँदा रातको २ वज्यो । ुलु अव कतै घुस्रिऊु पौडेलले कर्मचारीलाइ सुत्न निर्देश गरे ।


जिल्ला सदरमुकामबाट पश्चिमको सवै भन्दा टाढाको काभ्रे सिमामा पर्ने लखनपुरमा पुगेको सरकारी घुम्ती शिविरमा पुगेका अरु सवै कार्यालयका कर्मचारी फर्किसकेका थिए । तर जिल्ला प्रशासन कार्यालयलाइ भने नागरिकता वितरण गर्न हम्मे पर्‍यो ।  सदरमुकाम जान र गाउँ र्फकन दुई दिन लाग्ने लखनपुर र आसपासका बासिन्दालाई गाउामै पुगेर सरकारी सेवा दिन रीठ्ठेमा आयोजित दुई दिने घुम्तीशिविरमा ८ सय ८६ वटा नागरिकता जारी भयो । जुन संख्या स्थानीय प्रशासनले अनुमाननै गरेको थिएन । ुयति धेरै नागरिक आफ्नो नागरिकता नबनाएर वसेका होलान भनेर हामीले कल्पना सम्म गरेका थिएनौुं प्रजिअ पौडेलले भने । यस अघी अन्यत्र संचालन भएका शिविरमा बढीमा ३ सयको हाराहारीमा नागरिकता जान्थ्यो ।


ुजिल्ला सदरमुकाम आएर नागरीकता वनाउन लाग्ने दुई दिन समय ननिकाल्ने र बाटो खर्च नहुनाले धेरैले नारिकता प्रमाणपत्र वनाएका थिएननु् स्थानीय आत्मा गौतमले भने । उनका अनुसार सरदुमकाममा काम सकेर लखनपुर फिर्नका लागि झण्डै ४ हजार जस्तो खर्च लाग्छ । उक्त रकम गाउाका सर्वसाधारणका लागि सामान्य होईन । त्यसमाथि एकजनाको नागरिकता वनाउनका लागि सनाखत गर्ने अर्को व्यक्ति पनि साथमै लिएर जानुपर्ने भएकाले खर्च दोव्वर हुन्छ ।

घुम्ती शिविरमा नागरिकता लिने मध्ये धेरै महिलाहरु थिए । पौडेलका अनुसार ५ सय ११ जना महिलाले उक्त शिविरमा नागरिकता प्रमाणपत्र लिएका थिए । माईतीपक्षको तथ्यांक लिन कठिनाई भएका र सदरमुकाम जानका लागि सनाखत वस्ने मानिस नभएका जस्ता समस्याले नागरिकता वनाउन पछि परेका महिलाहरुले सहज ढंगले नागरिकता लिएका थिए । स्थानीय कालिका मावि लखनपुरका प्रअ विष्णुप्रसाद गौतमले नागरिकता लिन योग्य भएका तर सामान्य कुराले अड्केका सवैलाई प्रअिज पौडेलले सहज ढंगले नागरिकता वितरण गरेको वताए । उनले राज्य यति दुर्गम स्थानमा आएर सेवा दिएको पहिलो पटक भएको वताए । हाम्रो लखनपुर राज्यबाट विमुख थियो  गौतमले भने  यो पटक राज्यले लखनपुरलाई हेरेको अनुभुति भएको छ । शिविरमा लखनपुरका अतिरीक्त काभ्रे सिमा जोडिएका गुन्सी र गौश्वाराका वासिन्दाले पनि सेवा लिए ।


लखनपुर पुगेर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा। प्रकाशप्रसाद साहले झण्डै ५ सय विरामीको नारी छामे । उनका अनुसार महिलाहरुमा स्त्री रोगको समस्या धेरै पाइयो । पाठेघर झरेर तेश्रो डिग्रीमा पुगेका ७ जना महिलाहरुलाइ त उनले शिविरमानै रीङ राखिदिए । आँखाको समस्या धेरै रहेछ ु साहले भने हामी तत्कालै लखनपुर क्षेत्रमा आँखा शिविर राखेर मोतियाविन्दुको शल्यक्रिया र चस्मा वितरणको लागि प्रयास गर्ने सोचमा पुगेका छौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले राखेको शिविरमा पनि विरामीको चाप थेग्न सक्ने थिएन ।
कृषिमा विउ विजन, पशु कार्यालयको स्टलमा औषधि र उपचार अनि भूकम्प प्रभावितहरुको भिड पनि शिविरमा उस्तै थियो । झण्डै ४ सय सर्वसाधारणले घर वनाउनका लागि चासो रोखका थिए । भवन डिभिजन कार्यालयले राखेको भूकम्प प्रतिरोधक भवन हेर्ने र छान्नेको शिविरमा भिडनै थियो । धेरैले पुननिर्माणका लागि पैसा कहिले आउछ रु भन्ने प्रश्न गरेका थिए । महिला तथा बालबालिका कार्यालयबाट पुगेको टोलीले अपाङ्ग परिचय पत्र वितरण गर्दा स्थानीयले आशिक दिएका थिए । आजको कान्तीपुर दैनिकमा टिका भट्टले खबर लेख्नुभएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap