संबिधान कार्यान्वयन अहिलेको आवश्यकता–गृहमन्त्री वस्नेत - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » संबिधान कार्यान्वयन अहिलेको आवश्यकता–गृहमन्त्री वस्नेत

संबिधान कार्यान्वयन अहिलेको आवश्यकता–गृहमन्त्री वस्नेत

कांग्रेस,एमाले,राप्र्रपा लगायतका बिभिन्न पार्टीका एक दर्जन नेता–कार्यकर्ता एमाओबादीमा प्रबेश 
नारायण श्रेष्ठ/रामेछाप
फगुन २१ गते शुक्रबार
------------------------------------------------------------------------------------------------------------------------------------------------
      गृहमन्त्री शक्तीबहादुर बस्नेतले मुलुकमा संबिधान कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापको तेस्रो तथा अनेरास्ववियु क्रान्तिकारी रामेछापको १६ औ जिल्ला अधिबेशनलाइ सदरमुकाम मन्थलीमा शुक्रबार सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो ।

एमाओवादीका स्थायी समीति सदस्य समेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो–संविधानले हिमाल, पहाड, तराइ सबै क्षेत्रका नागरिकको मौलिक हक अधिकार सुनिश्चित गरिदिएको छ, सबै जात, भाषा, संस्कृतिलाई स्वीकार गरेको छ । त्यसैले नेपालको संबिधान बिश्वका लोकतान्त्रीक भनिएका देशहरुको सुचिमा पनि अग्रपंतीमा आउछ ।
संबिधानमा लेख्नु पर्ने धेरै बिषय रहेपनि अपुग भएका बिषयहरुमा छलफल र बिमर्ष गर्दै जानुपर्ने उहाको भनाई छ । गृहमन्त्री बस्नेतले नेपालमा अस्थिरता, अशान्ति हेर्न चाहने विदेशिलाई घुँडा टेकाउदै सुशासन, आर्थिक विकास गर्न तर्फ सरकार अगाडि बढेको समेत बताउनु भएको छ । संविधानमा निर्माण गर्न कसको योगदान बढि रह्यो भनेर नागरिकले बुझिसकेकाले भन्दै गृहमन्त्री बस्नेतले संविधानमा उल्लेख भएका नीतिनियम कार्यान्वयन कुन पार्टीले गर्छ, गर्दैन यता तिर बहस चलाउनुपर्ने अबको आवश्यकता रहेको बताउनुभयो । 
उहाले भुकम्पपिडितको आवास पुननिर्माणमा ढिलाइ भएको स्वीकार गर्दै सरकारले अब पुनःनिर्माणको काम युद्ध स्तरमा अघि बढाउने बिस्वास दिलाउनुभयो ।सरकारले भुकम्पपिडित नागरिकलाई आगामि बर्षाद महिना अगाडि नै आवास भित्र बसाउने योजना अगाडि बढाएकाले अब पुननिर्माण कार्यमा एकजुट बन्न सबेलाईै आग्रह गर्नुभयो ।



उहाले नेपालमा भुमिसुधार लागु गर्नुपर्छ कि पर्दैन भन्ने बिषयमा संबिधानसभामा ठुलोे बहस भएको र अन्तमा बैज्ञानिक भुमि सुधार लागु गर्ने बिषयमा दलहरुबिच सहमती भएको तर कार्यान्वयनमा चुनौति रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई संबोधन गर्दै पुर्व शान्ती तथा पुनःनिर्माण मन्त्री सत्य पहाडिले राज्यलाइ उत्तरदायि र जनताप्रतिको कर्तव्यको ग्यारेन्टी गर्न सविधानले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाले देश विकासको जिम्मा अब क्रान्तिकारीहरुको हातमा आएको धारणा समेत राख्नुभयो ।
त्यसैगरी योङ्ग कम्युनिष्ट लिग नेपालका केन्द्रिय अध्यक्ष आरसि शर्माले युवा उर्जा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाले राज्यले रोजगारीका क्षेत्र किटान गरी अगाडि युवालाई उचित स्थान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले शिक्षा क्षेत्रमा अझैपनि परिवर्तन हुन नसकेको धारण राख्नुभयो । विद्यालय तहका विद्यार्थिले निशुल्क शिक्षा पाउन नसकेको उहाको दावी छ । उपाध्यक्ष न्यौपानेले हरेक आन्दोलन विद्यार्थीको सहयोगबाट सफल भएको भएपनि विद्यार्थीको शैक्षिक योग्यताले अझै रोजगारी पाउने ग्यारेन्टी नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अनेरास्वबियु क्रन्तीकारीका पुर्ब केन्द्रय उपाध्यक्ष युबराज चौलागाई, रामेछाप जिल्ला क्षेत्र न २ का सांसद शयामकुमार श्रेष्ठ कुशल, एमाओबादी महिला फ्याक्सन ईन्चार्ज सुनिता गौतम ,एमाओबादी रामेछापका अध्यक्ष डिल्लमान तामाङले दुबै संगठनको जिल्ला सम्मेलनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपालि कंग्रेस,नेकपा एमाले,राप्र्रपा लगायतका बिभिन्न पार्टीका एक दर्जन नेता–कार्यकर्ता एमाओबादीमा प्रबेश गरेका छन । एमाओबादीमा प्रबेश गर्नेहरुमा राप्रपा जिल्ला पार्टी सदस्य भुपाल मोक्तान , गागल भदौरे गाउ पार्टी सदस्य ज्ञान बहादुर मोक्तान,धिरज मोक्तान, नेपाली कंग्रसको ब्यपार तथा श्रमीक संघको केन्द्रय सदस्यकोषिष लामा,नेकपा एमाले नागदह गाउपार्टी सदस्य बृष बहादुर तामाङ, नेपालि कंग्रसकी बिष्णुमाया तामाङ लगायत रहनुभएको छ । पार्टी प्रबेश गर्नेहरु तथा शहिद परीबारका सदस्यहरुलाई गृहमन्त्री बस्नेतले खादा ओढाएर समान गर्नुभएको थियो ।

कार्यक्रम योङ्ग कम्युनिष्ट लिग नेपाल रामेछापका संयोजक शेरबहादुर खड्काको अध्यक्षता तथा अनेरास्वबियु क्रन्तीकारी रामेछापका संयोजक राज कुमार बस्नेतको सञ्चालनमा भएको थियो । उद्घाटन सत्रको समापन सगै दुबै संगठनको बन्द सत्र सुरु भएको छ ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap