रामेछापमा मौषमि राहात बितरण कार्य सम्पन्न,४९ हजार घरपरिवारलाई ४९करोड रुपैया बितरण - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा मौषमि राहात बितरण कार्य सम्पन्न,४९ हजार घरपरिवारलाई ४९करोड रुपैया बितरण

रामेछापमा मौषमि राहात बितरण कार्य सम्पन्न,४९ हजार घरपरिवारलाई ४९करोड रुपैया बितरण

नारायण श्रेष्ठ/रेडियो तिफदि,रामेछाप 

पौष २५ गते  

      गत वैशाख महिनाको भुकम्प र त्यसपछिका पराकम्पनबाट रामेछाप जिल्लामा पूर्णरुपमा घर क्षति भएका परिवारलाई न्यानो कपडा खरिद गर्न प्रति परिवार रु. १० हजार राहत वितरण गर्ने कार्य रामेछाप जिल्लामा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्दार समिति रामेछापका अध्यक्ष शेषनारायण पौडेलले आज एक प्रस बिज्ञप्ती जारि गर्दै सो कुराको जानकारि गराउनु भएको हो । प्तरामेछाप जिल्लाको २ नगरपालिका र ४५ गाविसका ४९ हजार ६ सय ९ भुकम्प पिडित परिवारहरुलाई रु. १०,०००।– का दरले जम्मा रु. ४९करोड ,६०लाख ९०हजार रकम वितरण गरिएको प्रेस बिज्ञप्तीमा जनाइएको छ । नक्कली पिडित भनि परेका अधिकांश उजुरीको छानविन गरी टुङगो लगाइसकिएको र बांकी केही उजुरी उपर छानविन भइरहेको छ ।
 रामेछाप जिल्लामा यस पटकको राहत वितरण कार्य सरकारले निर्धारण गरेको समयावधि भन्दा तीन दिन अगावै सम्पन्न भएको प्रजिअ पौडेल ले बताउनु भएको छ । राहत वितरण कार्यमा अति जिम्मेवारीकासाथ अहोरात्र खटिएर काम गर्ने नगरपालिका एवं गाविसका कर्मचारी र प्रहरी कर्मचारीहरुको कार्यको उच्च प्रशंशा गर्दै उहाले विशेष धन्यवाद दिनुभएको छ । साथै राहात बितरण कार्यमा विविध तवरले सहयोग गर्ने विभिन्न कार्यालयका कर्मचारी, राजनीतिक दलका पदाधिकारी, संघसंस्था, सञ्चारकर्मी, व्यवसायी र आम नागरिकलाई पनि सहयोग र समन्वयकोलागि उहाले धन्यवाद दिनु भएको छ । आगामी दिनमा पनि यस प्रकारका कार्यहरुमा सवैबाट सहयोग प्राप्त हुने उहाको अपेक्षा छ । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap