पौष २२ रामेछाप
नेकपा एमाले शैपु गाउँकमिटि रामेछापको साँतौ गाउँअधिवेषन बुधबार सम्पन्न भएको छ ।
अधिबेषनको नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले उट्घाटन गर्नुसभएको थियो । उहाँले नेपालि जनतालाई नाकाबन्दी गरेर भारतले आफ्नो औकात देखाएको बताउनुभयो । पौडेलले भुकम्पपछि राहातको नाममा भारतले केहि हेलिकप्टर गाउमा घुमाएपनि स्वार्थको भावना रहेछ भन्ने कुरा नाकाबन्दिबाट प्रस्ट भएको बताउनुभयो ।
यस्तै एमाले जिल्ला कमिटि रामेछापका सचिब आनन्द श्रेष्ठले जनताको सामाजिक आर्थिक सम्मृद्धिलाई उकाष्न एमालेले मात्र सक्ने दाबि गर्नुभएको छ । श्रेष्ठले स्थानिय स्तरमा केन्द्रीत कार्यक्रम , आर्थिक समृद्धिका लागि आधुनिक र ब्यबसायिक कृषि प्रणलिलाइ जोडदिनु पर्ने बताउनुभयो ।त्यसैगरि कार्यक्रममा स्थानिय नेताहरुले बिजुलिकोट गाबिसका स्थानिय बासिन्दाले सैपु दिलौरी सडक खुलाउन नदिएको भन्दै चर्को आलोचना गरेका छन् । उनिहरुले सडक सुचारु गर्न पशासनले सहयोग नगरेको गुनासो गरेका छन्।
नवराज श्रेष्ठको फेसबुक बाट
नवराज श्रेष्ठको फेसबुक बाट


