Home »
» संबिधान पुर्नलेखन हुदैनः–खनाल
संबिधान पुर्नलेखन हुदैनः–खनाल
रामेछाप माघ ०१ गते ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पुर्वअध्यक्ष झलनाथले खनालले नेपालको संविधान अब कहिल्यै पनि पुर्नलेखन नहुने बताउनु भएको छ ।

जिल्ला खेलकुद विकास समिति रामेछापले आयोजना गरेको जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितको बिहीबार सम्पन्न खेलको समापन समारोहलाई संवोधन गर्दै नेता खनालले नेपालीको लामो प्रयास पश्चात आएको संविधान अब इतिहासमै कहिल्यै पुर्नलेखन हुन नसक्ने बताउनु भयो । परिष्कृत गर्न परिमार्जन र शंसोधन हुन सक्ला तर पुर्नलेखन कदापि हुने छैन उहाले बताउनु भयो । संविधान बनाउन नदिन देशि तथा विदेशी शक्ति लागि परेको अवस्थामा संविधान जारी भएर कार्यन्वयनको चरणमा रहनु मुलुकका लागि उपलब्धी हो, देश विकासको आधार बनेको धारणा राख्दै भन्नु भयो˗अब मुलुकमा संविधान जारी भएसँगै राजनैतिक, आर्थिक, सामाजिक र अन्य सबै खाले समस्याहरुको समाधान हुन्छ । संबिधान बनैसँगै अब मुलुक विकास तर्फ लम्कने उल्लेख गर्दै नेता खनालले मुलुकको ग्रामिण क्षेत्रको विकास र कृषि क्षेत्रको विकासमा जोड दिनु पर्ने समेत बताउनु भयो । उहाँले मुलुकको जलस्रोत, पर्यटन र पूर्वाधारको विकासमा लागि पर्ने हो भने देशको अर्थतन्त्रमा समेत परिर्वतन आउन सक्ने दाबी गर्नु भयो ।