Home »
» धोबि दिलौरी सडकको कारण खानेपानिको मुहानमा भत्कीए पछि बिजुलिकोट नागरिकहरु खानेपानिबाट बञ्चीत(सहमती पत्र सहित)
धोबि दिलौरी सडकको कारण खानेपानिको मुहानमा भत्कीए पछि बिजुलिकोट नागरिकहरु खानेपानिबाट बञ्चीत(सहमती पत्र सहित)
नारायण श्रेष्ठ/रेडियो तिफदि,रामेछाप
धोबि दिलौरी सडकको कारण आफुहरुले बिगत १ दशक अगाडि देखि उपभोग गर्दै आएको खानेपानिको मुहानमा भत्कीएर खानेपानिबाट बञ्चीत हुनुपरेको भन्दै बिजुलिकोटका स्थानियहरुले जिल्ला प्रशासन कार्यलय रामेछापमा ध्यानाकर्षण पत्र बुभाएका छन ।
बिजुलीकोट गाबिसको वार्ड नं.७ स्थीत सिंगारेढुंगा खानेपानि आयोजनाको मुहानबाटै धोबि दिलौरि सडक खन्ने काम सुरु भएपछि सडक खन्ने क्रममा पानिको मुहान बिग्रेमा बैकल्पीक ब्यवस्था गरिदिने भनि सहमती गरेको भए पनि अहिले आएर बैकल्पीक मुहानको बिषयमा कुरा उठाउदा आलटाल गरेको भन्दै सिंगारेढेंगा खानेपानी आयोजनाका उपभोक्तहरुले प्रमुख जिल्ला अधिकारि शेष नारायण पौडेल समक्ष ध्यनाकर्षण पत्र पेश गरेका हुन । गत श्रावन २० गते सैपु, दुरागाँउ बिजुलिकोट र नागदह गाबिसका राजनैतिक दलहरुको रोहवरमा बैकल्पीक मुहान हेर्ने गरी लिखीत सहमति समेत भएको थियो । उक्त सहमती पत्र उनिहरुले प्रजिअ समक्ष पेश गरेका छन । धोबि दिलौरी सडक उपभोक्ता समितीले पहिले लिखित र मौखिक दुबै सहमति गरेको तर अहिले कुनै वास्ता नगरेको उनिहरुको गुनासो छ । उल्टै एकलौटि रुपमा बिजुलिकोटका नागरिकहरुले धोबि सैपु दिलौरि सडक खन्न नदिएको भनि गलत र भ्रामक समाचार प्रसारण गरी बद्नाम गर्न खोजेकोले उक्त समाचार प्रति आफुहरुको गम्भीर ध्यनाकर्षण भएको पनि सिंगारेढुंगा खानेपानि आयोजनाका उपभोक्ताहरुले जनाएका छन ।
उनिहरुले सिंगारेढुंगा खानेपानि आयोजनाकोे मुहानमा आएको समस्या सडकको कारणले हो कि होईन ? बास्तबिकता बुझि आफुहरुसंग भएको लिखीत र मौखिक सम्भौताको आधारमा समस्याको निकास निकालि दिन जिल्ला प्रशासन कार्यालय समक्ष माग गरेका छन ।
सहमती पत्र