रामेछाप । पुस १७ गते,
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं प्रचार विभाग प्रमुख डाक्टर मिनेन्द्र रिजालले मधेश, पहाड र हिमाललाई जोड्न काँग्रेस सत्तामा नगएको बताउनु भएको छ । पहाडले मधेसलाई विश्वास नगर्ने र मधेशले पहाडलाई विश्वास नगर्ने अवस्थाबाट देशलाई जोगाउन काँग्रेसले भूमिका निर्वाह गरि रहेको रिजालले बताउनु भयो ।

बिपि प्रतिष्ठान रामेछापले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई शुक्रबार मन्थलीमा संवोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाले तराई, पहड र हिमलका जनताहरुलाई एउटै बनाएर लान सके मात्र वर्तमान समस्याको निकास हुने रिजालले बताउनु भयो ।
मधेश केन्द्रीत दलको मागमा सरकार लचिलो भएर प्रस्तुत हुनु पर्नेमा रिजालले जोडदिनु भयो । प्रधानमन्त्रीले मधेसकेन्द्रित दलहरुलाई गालि मात्र गरेर समस्याको समाधान ननिस्कने उहाँले बताउनु भयो । सरकार र मधेशकेन्द्रीत दल दुवैले समस्याको निकास निकाल्न नचाहेका कारण नाकाबन्दी लम्बिएको उहाँले बताउनु भयो ।
विपी प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महेश दाहाल र विश्वरमण न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।