भारतीय एयरबेस आक्रमणमा तीन सुरक्षाकर्मीसहित सात जना मारिए, स्थिति नियन्त्रण्मा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » भारतीय एयरबेस आक्रमणमा तीन सुरक्षाकर्मीसहित सात जना मारिए, स्थिति नियन्त्रण्मा

भारतीय एयरबेस आक्रमणमा तीन सुरक्षाकर्मीसहित सात जना मारिए, स्थिति नियन्त्रण्मा

              भारत–पाकिस्तान सीमा नजिक भारतीय राज्य पञ्जावको पठानकोटमा रहेको एयरबेसमा भएको चरमपन्थी अक्रमण्मा तीन सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको छ। 
         अधिकारीहरुका अनुसार चार आक्रमणकारी एउटा कारमा सवार भएर एयरबेसमा वेश गरेका थिए। प्रहरीसँगको झडपमा चारै जना आक्रमणकारी मारिएका छन् । घटनामा तीन जना सुरक्षाकर्मीसमेत मारिएका छन् । यसअघि २५ डिसेम्बरमा भारतीय प्रधानमन्त्री मोदीले अचानक पाकिस्तान भ्रमण गरेका थिए । सो अवसरमा मोदीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेटवार्ता गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले भनेका छन्–हामी पाकिस्तानका साथ राम्रो सम्बन्ध चाहन्छौ तर कुनै पनि आतंकवादी आक्रमणको कडा जवाफ दिइनेछ । समाचार एजेन्सी पीटीआईले पञ्जाव प्रहरीका अतिरिक्त महानिर्देशक (कानुन व्यवस्था) एचएस ढिल्लनलाई उधृत गर्दै मुठमेड समाप्त भएको जनाएको छ। एयरबेस वरपर १५ किलोमिटर क्षेत्रलाई घेरा हालेर निगरानीमा राखिएको उनले बताए। साथै संदिग्ध चरमपन्थीको खोजी अभियान भने जारी रहेको उनले बताए । जम्मु–पठानकोट हाइवेमा गस्ती बढाइएको छ, पञ्चाव र जम्मु काश्मिरमा रेड अलर्ट जारी गरिएको छ। पञ्चाव बोर्डर रेंजका प्रहरी उपमहानिर्देशक विजय कुँवर प्रताप सिंहले बीबीसीसँग भने–अकालगढ आसपास एयरफोर्स स्टेशन बेसमा बिहान केही अतियारधारी प्रवेश गरेका थिए। समाचार एजेन्सी एएफपीले अधिकारीहरुलाई उधृत गर्दै आक्रमणकारीको उद्देश्य एयरबेसमा बढीभन्दा बढी हानी पुराउने उद्देश्य रहेको भन्दै आक्रमणमा जैस–ए–मोहम्मद चरमपन्थी समूहको हात रहेको बताइएको छ। स्थानीय संचार माध्यमका अनुसार आक्रमणकारी भारतीय सेनाको पोशाकमा आएका थिए । आक्रमणकारीसँग भिड्न भारतीय सेनाका चार टुकडी, नेशनल सेक्युरिटी गार्डस, कमाण्डोज र हेलिकोप्टर प्रयोग गरिएको थियो । पञ्जावमा यसअघि पनि आक्रमण भइसकेको छ। गत वर्ष अगस्तमा गुरदासपुर जिल्लास्थित एउटा प्रहरी चौकीमा भएको आक्रमणमा सात जना मारिएका थिए । उक्त कारबाहीमा तीन आक्रमणकारी मारिएका थिए । एजेन्सी 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap