रामेछाप,पौष १७
रामेछापको नागदह गाविस आजबाट साक्षर गाविस बनेको छ । नागदह गाविसमा एक कार्यक्रमको आयोजना गरि सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।
गाविस सचिव पासाङकुमार लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा नागदह गाविसका १५ देखि ६० वर्ष उमेर समुहका ९९ प्रतिशत मानिसहरु साक्षर भएको सार्वजनिक गरिएको थियो । रामेछाप जिल्ला क्षेत्र नं १ का सांसद आङटावा शेर्पाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा श्रोत व्यक्ति विरेन्द्र सहनी, गोविन्दवहादुर खड्का लगायतले आ–आफ्नो धारणा राखेका राखेका थिए ।
त्यसैगरी रामेछापको गुप्तेश्वर गाविसलाई पनि आजबाट साक्षर गाविस घोषणा गरिएको छ । गुुप्तेश्वर स्थीत श्री कैलेश्वर उमाबिमा एक कार्यक्रमको आयोजना गरि सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।
कुल दुई हजार आठ सय तिस जनसङ्ख्या रहेको उक्त गाविसमा बस्ने १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्या मध्ये ९५ दशमलव ६७ प्रतिशत ब्यक्तिहरु साक्षर भएपछि गाविस साक्षर भएको घोषणा गरिएको गाबिस सचिब जितेन्द्र गिरिले बताउननु भयो । सो अवसरमा कार्यक्रममका प्रमुख अतिथि एबं रामेछापका पुर्व सभासद बालकुमारि सुनुवारले गुप्तेश्वर गाविसलाई साक्षर गाविस घोषणा गर्दै उक्त गाविसको दिगो विकासका लागि आफूले सक्दो सहयोग गर्ने वचन दिनु भयो ।
गाविस सचिव जितेन्द्र गिरिको अध्यक्षतामा भएको सो कार्यक्रममा उक्त गाबिसका सामाजिक परिचालक लक्ष्मी बस्नेत, गाविस स्थित राजनतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले मन्तव्य राखेका थिए । साक्षर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
साथै रामेछापको गुप्तेश्वरस्थीत श्री कैलेश्वर उच्च माध्यामिक बिद्यालयको १५ अबिभावक दिवसको आज सम्पन्न भएको छ । गुप्तेश्वर गाबिसलाई साक्षर गाबिस घोषणा गरिएको अबसर पारेर उक्त बिद्यालयले आज अबिभावक दिबस मनाएको हो । अबिभावक दिवसको अबसरमा बिद्यालयले बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

