Home »
» रामेछापको गुन्सीमा भिरबाट लडेर एक महिलाको मृत्यु
रामेछापको गुन्सीमा भिरबाट लडेर एक महिलाको मृत्यु
नारायण श्रेष्ठ/रेडियो तिफदि रामेछाप
रामेछापको गुन्सीमा भिरबाट लडेर आज महिलाको मृत्यु भएको छ । गुन्सी गाबिस–७ घर भएकी ८१ बर्षिय रेलि माया श्रेष्ठको मृत्यु भएको हो । गुन्सालमा रहेको गुफामा पुगी घर फर्कने क्रममा आज दिउसो साढे ४ बजे भिरबाट लडेर उनको मृत्यु भएको हो । मृतक श्रेष्ठको घर नजिकै रहेको सिमटार भिरबाट करिब ३०० मिटर तल खसेर ज्यान गएको हो ।
बृद्ध श्रेष्ठले आखा राम्रो सँग नदेख्ने र सिमारा भिरको बाटो पनि साँघुरो भएकोले चिप्लीएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको गुन्सी बाट सामुदायीक रिपोर्टर संगिता श्रेष्ठले जानकारि दिनुभयो ।