Home »
» विश्वका उत्कृष्ट १० पर्यटकीय गन्तब्यमा नेपाल १ नम्बर
वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको भन्दै रफ गाइडले यसबर्षको पहिलो गन्तब्य नेपाल बन्न सक्ने आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपलको हिम श्रृँखला, जंगली जनावर तथा जैविक विविधता युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट गन्तब्य रहेको रफ गाइडले उल्लेख गरेको छ ।
उत्कृष्ट १० गन्तब्यमा पर्ने देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा, जोर्डन, अल्बानियाँ, रोमानिया, एल साल्भाडोर, वेल्स, केन्या र श्रीलंका क्रमश तेस्रो देखि दशौं स्थानमा रहेका छन् ।यस अघि केही दिन अघि मात्र विश्वमा पर्यटकीय स्थलको सूची सार्वजनिक गर्दै आएको नेशनल जोग्राफिक ट्राभलरले सन् २०१६ का लागि पर्यटकीय गन्तब्यको सूचीमा नेपाललाई अग्र स्थानमा राखेको थियो ।
विश्वका उत्कृष्ठ पर्यटकीय गन्तब्य अर्थात कुल लिष्टमा नेपाल छैठौं स्थानमा परेको छ । नेशनल जोग्राफिक ट्राभलरले विश्वको सबैभन्दा कुल पर्यटकीय देशकोरुपमा इरानलाई राखेको छ भने दोश्रो नम्बरमा कोष्टारिका परेको छ ।
तेश्रो स्थानमा अमेरिकाको वासिङटन डिसी छ भने चौथो स्थानमा आयरल्याण्ड परेको छ । ५ नम्बरको क्यूवापछि छैठौं स्थानमा नेपाललाई राखिएको छ ।