Home »
» रामेछापको गुन्सी साक्षरयुक्त गाबिस घोषणा !
रामेछापको गुन्सी साक्षरयुक्त गाबिस घोषणा !
नारायण श्रेष्ठ/रेडियो तिफदि,रामेछाप
पौष २५ गते
रामेछापको गुन्सी लाई आज एक कार्यक्रमका बिच साक्षर गाबिस घोषणा गरिएको छ । गाबिस भित्रका सबै वार्डलाई पुर्ण साक्षर वडा घोषणा गरिएपछि गाबिसलाई साक्षर गाबिसको रुपमा घोषणा गरिएको हो । गाबिस भित्र बसोबास गर्ने ९५ प्रतिसत महिला तथा पुरुषहरु साक्षर भएपछि गाबिसलाई साक्षर घोषाणा गरिएको गाबिस सचिव घनस्याम थपलियाले बताउनुभयो ।साक्षरता घोषणा मुल समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एबम नेपाल सरकारका शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले अहिलेको युगमा संख्यात्मक हिसाबमा साक्षरता घोषणा नगरि गुणात्मक शिक्षा र सिपको बिकास गनुपर्ने बताउनुभयो । सरकारले सन २०१७ भित्र देशका सम्पुर्ण जिल्लाहरुलाई साक्षर जिल्ला घोषणा गर्ने सरकारको कार्यक्रमम रहेको उहाले बताउनु भयो ।त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप जिल्ला क्षेत्र नम्बर २ का सांसद श्याम कुमार श्रेष्ठ कुशलले जिल्लामा नगपालिका र अधिकांश गाबिस साक्षरयुक्त हुन नसकेको अवस्थामा गुन्सीबासीको एकता र सामूहिक प्रयासले साक्षरता अभियान सफल भएको उहाँको भनाई थियो । सतलिंगेश्वर उमाबि गुन्सीको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा एकिकृत नेकपा माओबादिका केन्द्रिय सदस्य धावा लामा, एमाओबादि रामेछापका अध्यक्ष डिल्लीमान तामाङ, जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारी लगायत जिल्ला स्थीत राजनैतिक दलका प्रतिनिधिहरु,बुद्धीजिबि,बिभिन्न बिद्यालयका शिक्षक,बिद्यार्थी,स्थानिय नागारिक लागाएतको सहभागिता रहेको थियो । सोहि कार्यक्रमको बिच श्री सतलिंगेश्वर उमाबि गुन्सीको ६९ बार्षीक उत्सब आज सम्पन्न भएको छ ।