जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न ‪‎दोरम्बा भरसेज तिल्पुङ बिचको खेल रोमाञ्चक‬ - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न ‪‎दोरम्बा भरसेज तिल्पुङ बिचको खेल रोमाञ्चक‬

जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न ‪‎दोरम्बा भरसेज तिल्पुङ बिचको खेल रोमाञ्चक‬

नारायण श्रेष्ठ/रेडियो तिफदि,रामेछाप पौष २७ गते 

      जिल्ला स्तरिय भलिबल प्रतियोगिता आजबाट रामेछाप सदरमुकाम मन्थलिमा सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति रामेछापको आयोजनामा भएकोे प्रतियोगिताको उद्घाटन कार्यक्रम आज बिहान सम्पन्न भएको हो । खेलकुद बिकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको सभापतित्व एवं रामेछाप जिल्लाका सांसदहरु श्यामकुमार श्रेष्ठ कुशल र कमला सुबेदीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र स्थानिय बिकास अधिकारि दिनेशराज पन्तको बिशेष आतिथ्यता रहेको थियो ।



 उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथिहरुले पानसमा दिप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि ,सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल तथा विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्था प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । जिल्ला स्थीत विभिन्न १५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार पाच सय, द्धितिय हुनेलाई ३१ हजार पाच सय र तृतिय हुनेलाई २१ हजार पाच सय नगद पुरस्कार तथा शिल्ड ,पदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
आगामि पौष ३० गते सम्म जिल्ला विकास समितिको प्रांगण मन्थलिमा संञ्चालन हुने सो प्रतियोगिता अन्तर्गत आज पाँच टोलि बिच खेल भएको थियो । जनकल्यन समाज सेवा र भिमेश्वर चिसापानी बिच भएको पहिलो खेलमा भिमेश्वरले जनकल्यान लाई १६–२५ र १८–२५ सो सोझो सेटमा पराति गरेको छ । आजै भएको दोश्रो खेलमा लाली गुराँस बेतालीले त्रिशत्ति युवा क्लब भटौली लाई २५–१९ र २५–१४ को अन्तरले पराजित गरेको छ । त्यस्तै तेस्रो खेलमा मन्थली युनाईटेड क्लबले मन्थलि नगरपालिका–९ सुनारपानी लाई १८ –२५ र २१–२५ को अन्तरले पराजित गरेको छ । चौथो खेलमा लालिगुरास युवा क्लब खाडादेबिले दिपशिखा ब्वाइज क्लबलाई २५–२३ र २५ –१८ को अन्तरले पराजीत गरेको छ । त्यस्तै पाँचौ खेलमा नव युवा समूह तिल्पुङ र दोरम्बा बिच रोमाञ्चक प्रतिष्पर्धा भएको थियो । खेलको पहिलो चरणमा तिल्पुङले दोरम्बालाई २५–११ र दाश्रो चरणमा दोरम्बाले तिल्पुङलाई २७–२५ को झिनो अन्तरले पराजित ग¥यो । दुबै टोलिले लगातार जित निकाल्न नसके पछि यि दुबै टोलि बिच भोलि बिहान पहिलो चरणमा बेजोड प्रतिष्पर्धा हुनेछ ।



Add caption
   
Add caption
      




Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap