साँघुटार गाविस साक्षर बन्यो - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » साँघुटार गाविस साक्षर बन्यो

साँघुटार गाविस साक्षर बन्यो

रामेछाप । माघ ५ गते,
     रामेछापको साँघुटार गाविस मंलबारबाट साक्षर गाविस बनेको छ । मंगलबार साँघुटारको हिमगंगा उच्चमाविमा मंगलबार आयोजना गरिएको कार्यक्रममा सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । 
जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीको प्रमुख आतिथ्यतमा भएको सो कार्यक्रममा साँघुटार गाविसका १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिसत भन्दा बढी मानिसहरु साक्षर भएकोले साक्षर गाविस घोषणा गरिएको जानकारी गराइएको थियो । 
      हिमगंगा उमाविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा गाविस स्थित राजनितिक दलका प्रतिनिधिहरु, हिमगंगा उमाविका प्राचार्य झनहरि दाहाल, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायतले गाविस साक्षर भएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले शिक्षा नियमित सिकाई प्रक्रिया भएकोले एकपटक साक्षर हुँदैमा अभियान पुरा नहुने बताउनु भयो । 
      सोही कार्यक्रममा हिमगंगा उमाविमा सञ्चानलन भएको पशुविज्ञान विषयको समुद्घाटन समेत गरिएको थियो । गाविसमा प्राविधिक विषयमा पढाई हुने भए पछि विद्यार्थी र अभिभावकहरु समेत खुसी भएका छन् । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap