Home »
» टोकरपुरको स्वास्थ्य चौकी भवन सिलान्यास
टोकरपुरको स्वास्थ्य चौकी भवन सिलान्यास
रामेछाप । माघ ५ गते,
रामेछापको टोकरपुर गाविसमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको मंगलबार सिलान्यास भएको छ । भवनको स्वास्थ्य चौकीका जग्गादाता कुमार कँडेलले एक कार्यक्रमका बिच सिलान्यास गर्नु भयो ।
सामुदायीक विकास समाज मन्थलीको आर्थिक सहयोग ६ लाख र अन्य स्थानीयको श्रम परिचालन गरि निर्माण गरिने सो भवन भूकम्प प्रतिरोधि हुने बताइएको छ । कार्यक्रममा सामुदायीक विकास समाजका कार्यकारी निर्देशक मिलन घिसिङले स्वास्थ्य जस्तो संवेदनशील विषयमा सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्न भयो । उहाँले संस्थाको तर्फबाट गरिने सहयोगलाई पुरापुर उपयोग गरी गुणस्तरीय भवन निर्माण हुने विश्वास व्यक्त गर्नु भयो ।
स्वास्थ्य चौकी भवन निर्माणको लागि स्थानीय कुमार कँडेलले करिव १६ लाख मुल्य बराबरको ८ आना जग्गा निशुल्क उपलब्ध गराउनु भएको थियो ।