रामेछापको पहिचान जुनार प्रर्दशनि मेला २०७२ सम्पन्न(फोटो फीचर) - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको पहिचान जुनार प्रर्दशनि मेला २०७२ सम्पन्न(फोटो फीचर)

रामेछापको पहिचान जुनार प्रर्दशनि मेला २०७२ सम्पन्न(फोटो फीचर)

नारायण श्रेष्ठ  

पौष २२,रामेछाप 

       जुनारको जिल्ला भनेर परिचित रामेछाप जिल्लामा बुधबार जुनार प्रर्दशनि मेला २०७२ आयोजना गरिएको छ । सदरमुकाम मन्थलीमा जिल्ला जुनार सहकारि संघको आयोजनामा भएको जुनार जर्दशनि मेलाको उद्घाटन पुर्ब उद्योग मन्त्री  एबं राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले गर्नुभएको थियो ।


        उद्घाटन समारोहलाई संबोधन गर्दै बडालले लोकतन्त्रको विकास हुन सहकारीको विकास हुनुपर्ने बताए । उनले गरिब जनताका घरमा लोकतन्त्र नआएको बताउदै उनीहरुको घर आगनमा लोकतन्त्र ल्याउनका लागि आर्थिक क्रान्ति हुनुपर्ने र जसका लागि सहकारीको विकासको आबश्यकता रहेको औल्याए।  उनले देशको अर्थतन्त्रको विकास हुन पनि सहकारीकै विकास जरुरी भएको बताए । त्यस्तै उनले नेपालमा अब स्वदेशी उत्पादन बढाउनुपर्ने समेत बताएका छन । नेपालबाट दैनिक हजारौ युवाहरु रोजगारीको लागी विदेशिने गरेको भन्दै उनले ति युवाहरुलाई अब सरकारले स्वदेशी उत्पादन तर्फ आकर्षीत गर्नुपर्ने बताए । उनले नेपालको संबिधान २०७२ मा पनि सहकारी सम्बन्धी धेरै कुराहरु भएकोले सो कुराहरुलाई अक्षरस पालना गर्न सके सहकारीको बिकास हुने पनि बताए । रामेछप जिल्लामा कृषि क्षेत्रका लागी धेरै सम्भावना रहेको बताउदै जुनार ,अलैचि,किविले जिल्लाको आर्थिक सम्मृद्धिमा टेवा पुग्ने उनको धारणा थियो । उनले जुनार खेतिको बिस्तार गर्न कृषकहरुलाई आग्रह गर्दै आवश्यक सहयोग गर्ने बचन समेत दिएका छन । जुनार कृषि सहकारी संघका अध्यक्ष पदम लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममासांसद आङटावा शेर्पा, पुर्ब सांसद तारानारायण श्रेष्ठ,जिल्ला स्थित कार्यालय प्रमुख,राजनैतिक दल,संघ सस्थाका प्रतिनिधिहरुले रामेछापमा जुनार लगायतका फलफुल भण्डारणको लागि चिस्यान केन्द्र स्थापना गनुपर्नेमा जोड दिएका थिए ।

   
        “रामेछापको एक मात्र पहिचान जुनार बिकास पर्बदनमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ बुधबार सदरमुकाम मन्थलिमा जुनार पर्दशनि मेला आयोजना गरिएको होे । कार्यक्रममा रामेछाप जिल्लामा उत्पादित बिभिन्न जातका २ दर्जन जुनारहरुको स्टल राखिएको थियो । 

      प्रदर्शनीका सहभागीहरुले रामेछापको जुनार निकै मिठो भएको बताएका थिए । जुनार सहकारि संघ रामेछापले आयोजना गरेको उक्त पर्दशनिमा जिल्ला स्थीत कृषिसँग सम्बन्धीत बिभिन्न सरकारि तथा गैर सरकारि संघसस्थाहरुले सहयोग गरेका थिए ।

       महोत्सवमा वाजागाजा सहित मन्थली बजार परिक्रमा गरिनुका साथै उत्कृष्ठ उत्पादन प्रर्दशन गर्ने विजयी प्रतियोगिहरुलाई नगद र प्रमाणपत्र वितरण गरीएको थियो । 


























Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap